
परोपकार आदर्श मावि जौवारीद्वारा ३८ सय सम्म शुल्क अशुली
गोरखाको सिरानचोक गाउँपालिका ८ जौवारीको परोपकार आदर्श माविले अविभाबकबाट शुल्क असुलेको छ । अंग्रेजी माध्यामको शिक्षा दिने नाममा विद्यालयले नर्शरी देखि कक्षा १२ सम्मका विद्यार्थीलाई विविध शुल्क भन्दै दुई हजारदेखि ३८ सय रुपैयाँ वार्षिक रुपमा लिने गरेको गुनासो अविभाबकले गरेका छन् ।
‘विद्यालयले विबिध शुल्क नाम दिएर वार्षिक रुपमा पैसा उठाउने गरिएको छ, गत वर्ष कोरोनाको संक्रमणकालमा पनि पैसा तिर्नुप¥यो, अहिले पनि पैसा तिर्न बिल पठाइएको छ’ एक अविभाबकले भने । विद्यालयले दिएको रसिद कक्षागत रुपमा वर्षभरीको शुल्क भन्दै काटिएको छ ।
प्रधानाध्यापक हरिचन्द्र दवाडीले विद्यालय ब्यवस्थापन समितिबाट निर्णय गरेर ८ वर्षदेखि शुल्क लिँदै आएको बताए । ‘शुल्क तिर्न नसक्नेकालागि वडा कार्यालयको सिफारिसका आधारमा छुट पनि दिएका छौँ’ उनले भने ‘अंग्रेजी माध्यामको थप कक्षा संचालनका लागि यो शुल्क खर्च भएको छ ।’ शुल्क नलिँदा नर्शरी, केजीमा थप कक्षा र कक्षा ८ मा अंग्रेजी, नेपाली माध्याम छुट्टाछुट्टै पढाउन नसकिने उनले बताए ।
परोपकार आदर्श मावि नमुना विद्यालय हो । यहाँ २२ वटा दरबन्दी छ भने तीन सय ९२ विद्यार्थी अध्ययनरत छन् । सामुदायिक विद्यालयले कुनैपनी बाहनामा अविभाबक सँग शुल्क अशुल्न पाउने कानुनी ब्यवस्था छैन । निशुल्क भनिएको शिक्षा पैसा तिर्नुपरेको भन्दै अविभाबकले शुल्कको बिरोध गरेका छन् ।
सिरानचोक गाउँपालिकाको शिक्षा शाखाले पनि सामुदायिक विद्यालयले अविबभाबक सँग शुल्क लिन नपाउने बताएको छ । शिक्षा शाखाका कृष्णप्रसाद पोखरेलले भने ‘शुल्क लिएको बारेमा थाहा भएन, कुनैपनि सामुदायिक विद्यालयले शुल्क लिन पाईँदैन ।’
विद्यालय प्रशासनले भने अविभाबक सहयोका रुपमा पैसा लिएको र कुनै अतिरिक्त शुल्कका रुपमा नबुझिदिन भनेको छ ।




