
नेविसंघ गोरखाद्वारा पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको विरोध
नेपाल विद्यार्थी संघ गोरखाले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धीको विरोध गरेको छ । विहिबार नेविसंघ गोरखाका अध्यक्ष सुवाब अधिकारी सहितको टोलीले प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्य मार्पmत तत्काल मूल्यवृद्धी फिर्ता लिन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको हो ।
मुलुक कोरोना महामारीले आक्रान्त भइरहेको अवस्थामा नेपाल सरकारले हालै पेट्रोलियम पदार्थमा गरेको मृल्य वृद्धीप्रति ध्यानाकर्षण भएको ज्ञापन पत्रमा उल्लेख छ । ‘खडगप्रसाद ओली सरकारको एक पछि अर्को गलत रवैयाका कारण निराश नेपाली जनता बर्तमान सरकारको निर्माण पछि उत्साहित बनेको तर खाद्य पदार्थहरुमा भइरहेको निरन्तर मृत्यवृद्धि नियन्त्रणमा कुनै तदारुकता नदेखाई पेट्रोलियम पदार्थमा एक पछि अर्को पटक गरिएको मुल्यवृद्धि तत्काल फिर्ता नलिए नेपाल विद्यार्थी संघ गोरखा चरणबद्ध आन्दोलनमा होमिने स्पष्ट पार्न चाहान्छौ’ ज्ञापन पत्रमा भनिएको छ ।
नेपाल आयल निगमले बुधबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटिर ३÷३ रुपैयाँको दरले मूल्यवृद्धि गरेको थियो । नयाँ मूल्यअनुसार अब एक लिटर पेट्रोललाई १ सय ३९ रुपैयाँ तिर्नुपर्ने छ । यसैगरी एक लिटर डिजल र मट्टीतेलको मूल्य समान १२२ रुपैयाँ पुगेको छ ।
आन्तरिक हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरी प्रतिलिटर १०६ रुपैयाँ कायम गरिएको छ ।




