
गोरखामा कोभिडका कारण ४३ वर्षीय पुरुषको मृत्यु
गोरखामा कोभिडका कारण एक पुरुषको मृत्यु भएको छ ।
विहिबार गोरखा नगरपालिका वडा ११ का ४३ वर्षीय पुरुषको गोरखा अस्पतालमा उपचारको क्रममा मृत्यु भएका हो ।
अस्पतालको आकस्मिक कक्षमा उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले बताए ।
उनका अनुसार १२ बजे गोरखा अस्पताल पुगेका उनलाई एन्टिजेन परिक्षणका क्रममा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
उपचार सुरु गरेको केही समयमै मृत्यु भएको गोरखा अस्पतालले जनाएको छ ।




