| सोमवार, कार्तिक २३, २०८३

मानवसेवा आश्रमलाई गोरखा नगरपालिकाद्वारा ८ लाख सहयोग

गोरखा नगरपालिकाले मानवसेवा आश्रम गोरखालाई ८ लाख रुपैयाँ सहयोग गरेको छ । नगरप्रमुख राजनराज पन्तले बुधवार नगरपालिकामा आयोजित एक कार्यक्रमका बिच उक्त रकम मानव सेवा आश्रमकी संयोजक मुना लामालाई हस्तान्तरण गरेका हुन् ।


‘मानव सेवा आश्रमलाई बालवालिकाको अध्ययन, खानपान, आबासका लागि सहयोग गर्ने उद्देश्यले अनुदान उपलब्ध गराएका हौँ’ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्तले भने । रकम हस्तान्तरण कार्यक्रममा उपप्रमुख बिनाकुमारी श्रेष्ठ लगायत कर्मचारीहरुको उपस्थिती थियो । गत वर्ष पनि नगरपालिकाले आश्रमलाई सहयोग गरेको जनाएको छ ।

अहिले आश्रमको गोनपा ८ नगरपालिका रोडमा भबन निर्माण भईरहेको छ । उक्त भबन निर्माण स्थल पनि नगरपालिकाको समन्वयमा उपलब्ध भएको आश्रमले जनाएको छ । भबन निर्माणका लागि स्थानीय तह, प्रदेश सरकारले सहयोग गरेको आश्रमका संयोजक लामाले बताईन ।


भबन निर्माण पुरा नहुँदा अहिले भने गोनपा ६ स्थित पाटेचौरमा भाडाको घरमा आश्रम चलिरहेको छ । गोरखामा मानव सेवा आश्रम संचालन भएपछि गोरखा नगरपालिकालाई सडक मानव मुक्त नगरपालिका घोषणा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्