| सोमवार, कार्तिक २३, २०८३

गोरखा नगरपालिका भित्र सात सय ८७ जनाले बुस्टर डोज खोप लगाए

गोरखा नगरपालिका भित्र सात सय ८७ जनाले बुस्टर डोज खोप लगाएका छन् । मंगलवारबाट सुरु भएको खोप अन्र्तगत पाँच सय ३९ जना पुरुष, एक सय ९३ जना महिलाले कोभिसिल्ड खोप लगाए भने ४७ जना पुरुष र आठ जना महिलाले भेरोसिल खोपको तेस्रो मात्रा लगाए ।

दोस्रो मात्रा पुरा गरेको छ महिना समय पुगेका अग्रपंक्तिमा खटिनेहरुलाई प्राथमिकता दिएर बुस्टर डोज खोप लगाउन सुरु गरिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

पहिलो दिन महिला स्वास्थ्य स्वयमशेविका, स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी, संचारकर्मी, बैंकर्स लगायतलाई बुस्टर डोज खोप लगाइएको थियो । गोरखा अस्पताल, रानीस्वाँरा स्वास्थ्य चौकी, गोनपा ७ स्थित स्वास्थ्य केन्द्रमा खोप लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्