| सोमवार, कार्तिक २३, २०८३

चेम्बरको मेला सकियो

चेम्बर अफ कमर्सले आयोजना गरेको १० दिने कृषि तथा ब्यापार प्रबद्र्धन मेला सकिएको छ । पुस १८ देखि बुधवार सम्म संचालन भएको मेलाको ४० हजार जनाले अवलोकन गरेको अनुमान आयोजनकको छ ।

मेलामा दुई करोड कारोबार भएको अध्यक्ष भाईचन्द्र श्रेष्ठले बताए । मेलाको अन्तिम दिन चर्चीत राष्ट्रिय लोक तथा दोहोरी गायक पशुपती शर्मा, रमेशराज भट्टराई लगायतको प्रस्तुती रहेको थियो ।

ब्यापारीहरुको हकहित संरक्षण एवं ब्यवस्थापकीय क्षमता अभिवृद्धि, परम्परागत ब्यवशायलाई परिमार्जित गरी प्रर्वद्धन उन्मुख हुन प्रेरीत गर्ने उद्देश्यले मेला सफल भएको अध्यक्ष भाईचन्द्र श्रेष्ठले बताए ।

मेलामा एक सयभन्दाबढि स्टल थिए । भाँडाकुँडा, फेन्सी, खानाका स्टलहरु धेरै थियो । बाल उद्यानमा विदाको दिन भिड देखिन्थ्यो । मेलामा हरेक दिन राष्टिूय स्तरका ख्याती प्राप्त कलाकारले गित गाउनुका साथै प्रहसन देखाएका थिए । कोरोनाले थलिएको व्यापार व्यवसायमा मेलाले फाइदा पुगको अध्यक्ष श्रेष्ठले बताए । गोरखाको प्रचारप्रचारमा पनि मेलाले योगदान पु¥याएको छ ।

प्रतिक्रिया दिनुहोस्