| सोमवार, कार्तिक २३, २०८३

गोनपा भित्रका विद्यालयमा पठन पाठन बन्द, खोप लगाउनका लागि भने खुल्ने

आजदेखि माघ १५ गते सम्म गोरखा नगरपालिका भित्रका विद्यालय बन्द हुने भएको छ । सोमवार बसेको नगर शिक्षा समितिको बैठकले शिक्षा, विज्ञान, तथा प्रविधि मन्त्रालयको निर्णय अनुसार पुस २८ देखि माघ १५ सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको जनाएको छ ।

प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्तले सुचना जारी गर्दै वार्षिक बिदामा मिलान हुने गरी तत्काल बिदाको ब्यवस्थापन गर्न विद्यालयहरुलाई अनुरोध गरेका छन् । बिदाको समयमा पनि सिकाई सहजिकरण निर्देशिका २०७७ अनुसार विद्यार्थीलाई सिकाउन भनिएको छ ।

साथै माघ १० देखि १२ गते १२ देखि १७ वर्ष उमेरका बालवालिकालाई दोस्रो मात्रा खोप लगाउने कार्यक्रम भएकाले उक्त दिन खोप लगाउने प्रयोजनका लागि मात्रै विद्यालय खोलन भनिएको छ ।

प्रमुख प्रशासकिय अधिकृत पन्तले सुचना जारी गर्दै १८ वर्ष उमेरका माथिका ब्यक्तिलाई खोप लगाउन नजिकको स्वास्थ्य संस्था सँग सम्पर्कमा रहन अनुरोध गरेका छन् । मन्त्रालयको निर्देशन सँगै सबैजसो पालिकाले विद्यालय बन्द गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्