
गोरखामा पृथ्वी जयन्ती उत्सबको रुपमा मनाईयो(फोटो फिचर)
मंगलवार तीन सय औँ पृथ्वीजयन्ती, पृथ्वीनारायण शाहाको जन्मघर, नेपाल एकिकरणको सुरुवात भएको गोरखामा धुमधामले मनाइएको छ । गोरखा नगरपालिकाको आयोजनामा पृथ्वीनारायण शाहको पूर्णकदको शालिक रहेको गोरखा संग्राहलय परिसरमा भब्य कार्यक्रम गरी पृथ्वीजयन्ती मनाइएको हो ।

गोरखा नगरपालिकाको वडा नम्बर १ देखि १४ सम्मका बिभिन्न जाती, धर्म, भेषभुसा सहित सर्वसाधारण झाँकी, ¥यालीमा सरिक भएका थिए । गोरखा सदरमुकामको हरमटारी देखि ठुलो आगन सम्म भएको ¥यालीमा पञ्चेबाजा, पाउँदुरे, भजन, चुड्का, लाखे नाच, पृथ्वीनारायण शाहाकालिन पोशाक लगाएका सेना ¥यालीमा सहभागी भएका थिए ।
अघिल्लो वर्ष कोभिड १९ को प्रभावका कारण पृथ्वीजयन्तीमा अहिले जस्तो भब्य कार्यक्रम आयोजना भएन । त्यस अघि दुई सय ९८ औँ जन्मजयन्तीमा पनि गोरखा नगरपालिकाले नगरपालिकाले विषेश कार्यक्रम गरेको थियो ।गोरखाबासी हर्सोउल्लासका साथ राष्टिूय एकता दिबस तथा पृथ्वीजयन्तीको अवसरमा मंगलवार आयोजित कार्यक्रममा सरिक भए ।

गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तको अध्यक्षतामा संग्राहालय परिसरमा भएको कार्यक्रममा जिल्लाका सरोकारवालाहरुले पृथ्वीनारायण शाहको सम्मान र प्रचारमा गोरखाले विषेश जोड दिनुपर्ने बताए । सहभागीहरुले पृथ्वीनारायण शाहले वर्तमान नेपालको निर्माण गरेकै कारण नेपाली भएर बस्न पाएकोमा गर्व भएको बताउँदै गोरखाले इतिहास बेच्न नसकेको गुनासो पनि पोखे । जिल्ला समन्वय समिति प्रमुख ओशक कुमार गुरुङ र नगरप्रमुख पन्तले शालिकमा माल्र्यापण गरेर कार्यक्रम सुभारम्भ गरेका हुन् ।

समन्व प्रमुख अशोक कुमार गुरुङले पृथ्वीनारायण शाहको इतिहासलाई सँधै जोगाईराख्नुपर्ने र यसबाट गोरखाले फाईदा दिनुपर्ने बताए । सबै क्षेत्र र पक्षले इतिहास संरक्षणमा ध्यान दिनुपर्नेमा उनको जोड थियो । गोरखामा आउने पर्यटक, विद्यार्थी सबैलाई यहाँको इतिहास, संस्कार देखाउन, बुझाउन सक्नुपर्ने उनले बताए ।

गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले पृथ्वीनारायण शाहाको सम्मान सँगै ‘इतिहासको ब्याख्या फरक ढंगले गर्न सकिएला तर इतिहास मार्न सकिँदैन’ नगर प्रमुख पन्तले भने ‘गोरखाको नाम चिनाउन पृथ्वीनारायण शाह बिर्सिएर सकिँदैन ।’ पृथ्वी नारायण शाहाले नेपाल एकिकरण नगरेको भए आजको नेपालको परिकल्पना संभव नभएको बताउँदै उनले भने ‘पृथ्वी जयन्तीले सबै जातजाती, भेषभुषा, धर्मालम्बी बिच सद्भाव र एकता चाहेको छ ।’

झाँकी ¥यालीमा पृथ्वीनारायण शाहा, कालु पाण्डेको जस्तै पोसाकमै सजिएर सर्वसाधारण निस्किएका थिए । ओमबहादुर श्रेष्ठ पृथ्वीनारायण शाहको भेषमा सजिएका थिए भने तोपप्रसाद श्रेष्ठ कालु पाण्डेको भेषमा सजिएका थिए । उनले यो वर्ष मात्र होईन हरेक वर्ष वा मेला महोत्सवका बेला गोरखाको इतिहास स्मरण गराउन भन्दै पृथ्वीनारायण शाहाको झल्को दिने पहिरनमा सजिन्छन् ।
पृथ्वीनारायण शाह गोरखाको भएकाले कहिल्यै बिर्सन नहुने उनले बताए । उनी सँग फोटो खिचाउने र सामाजिक सञ्जालमा राख्नेको यस वर्ष पनि ताँती थियो ।

पृथ्वीजयन्तीको दिन गोरखा नगरपालिका सहित पालुङटार नगरपालिका, भिमसेन थापा गाउँपालिका, अजिरकोट, सिरानचोक गाउँपालिकाले सार्वजनीक बिदा दिएका छन् । यस्तै पृथ्वीजयन्तीको अवसर पारेर राष्टिूय प्रजातन्त्र पार्टी गोरखाले पनि झाँकी ¥याली सहित शालिक रहेको स्थान गोरखा संग्रहालय परिसरमा माल्यार्पण गरेको अध्यक्ष भगबानदास मल्लले बताए । साथै राप्रपाले गोरखा सदरमुकाम अन्तक्रिया कार्यक्रम पनि गरेको थियो ।
उपप्रमुख बिनाकुमारी श्रेष्ठ, नेता तथा नगरिक समाजका अगुवाहरुले धारणा राखेका थिए । उक्त कार्यक्रमको सहजीकरण उद्योग वाणिज्य संघ गोरखाले गरेको थियो ।





