| मङ्लबार, कार्तिक २४, २०८३

जिल्ला सहकारी संघको अध्यक्षमा पुनः बाबुराम कोइराला

जिल्ला सहकारी संघ लिमिटेडको शनिबार सम्पन्न नवौँ अधिवेशनले नयाँ कार्यकालका लागि फेरि पनि बाबुराम कोइरालाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
यसअघिको कार्यकालमा पनि अध्यक्ष पदमा रहेर काम गरेका कोइरालाको नेतृत्वमा सर्वसम्मत गठित समितिको वरिष्ठ उपाध्यक्षमा दुर्गा देवकोटा, उपाध्यक्षहरुमा क्रमशः मीना अधिकारी र रामबाबु श्रेष्ठ चयन भएका छन् ।


त्यस्तै महासचिवमा यसअघिको कार्यकालका लेखा समितिका संयोजक रहेका सरोज देवकोटा सर्वसम्मत चयन भएका छन् । सचिवमा मेनबहादुर अधिकारी, सहसचिवमा छन्दप्रसाद खनाल, कोषाध्यक्षमा हरिराम अधिकारी र सहकोषाध्यक्षमा चेतकुमारी श्रेष्ठसहित नौ जना सदस्य सर्वसम्मत चयन भएका छन् ।
गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तको प्रमुख आतिथ्यतामा सम्पन्न २८ औँ साधारण सभा तथा नवौँ अधिवेशनलाई शुभकामना दिँदै संघसंग मिलेर सहकारी संस्थामा आइपरेका समस्याको समाधानका लागि लागिपर्ने बताएका थिए ।


साधारण सभाले अध्यक्षको प्रतिवेदन, सचिवको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन र लेखा समितिको प्रतिवेदन अनुमोदन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्