
मनास्लु संरक्षण क्षेत्रमा पुग्ने विदेशी पर्यटकको संख्या बढ्यो
केशव गुरुङ
प्रसिद्ध पर्यटकीय क्षेत्र मनास्लु संरक्षण क्षेत्र भ्रमण गर्ने विदेशी पर्यटकको संख्या बिगतमा भन्दा वृद्धि भएको छ । भूकम्प, डेंगी, कोभिड र लकडाउनका कारण घटेको विदेशी पर्यटकको संख्या अहिले बढ्न थालेको मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप)ले जनाएको छ ।
उसका अनुसार सन्् २०२० को तुलनामा सन्् २०२१ मा मनास्लु क्षेत्र पुग्ने विदेशी पर्यटकको संख्या एक सय ५० प्रतिशतले बढेको छ । ‘मनास्लु क्षेत्रमा भूकम्प, डेंगी र कोभिडका कारण पर्यटकको संख्या धेरै घटेको थियो । अहिले अलिअलि भने पनि बढ्न थालेको छ । आगामि दिनमा अन्य कुनै प्राकृतिक विपत तथा महामारी नपैmलिए अझ बढ्ने अनुमान गरेका छौँ’ एमक्यापका संरक्षण अधिकृत अजित तुम्बाहाम्फेले भने । उनका अनुसार सन् २०२१ मा नौ सय २४ जना विदेशी पर्यटक मनास्लु क्षेत्र पुगेका छन् ।
सार्क राष्ट्रबाट २० जना र अन्य राष्ट्रबाट नौसय चार जना गरी कुल नौसय २४ जना विदेशी पर्यटक मनास्लु पुगेको अजित तुम्बाहाम्फेले जानकारी दिए । उनका अनुसार सबै भन्दा धेरै गत अक्टोबरमा दुई सय ५६ जना, सेप्टेम्बरमा दुई सय २९ जना र नोभेम्बरमा दुई सय तीन जनाले मनास्लु क्षेत्र भ्रमण गरेका छन् । कोभड जोखिमकै बीच गत अप्रिलमा ९८ जना, मार्चमा ४९ जना, डिसेम्बरमा ३९ जना, अगस्टमा २७ जना र जनवरीमा २३ जना विदेशी पर्यटक मनास्लु क्षेत्र पुगेको उनले जानकारी दिए ।
‘विदेशी पर्यटक आउने मुख्य सिजन भनेको एप्रिल र सेप्टेम्बर, अक्टोम्बर महिनामा हो । अक्टोबरमा हिमाल चढ्ने बढी आउछन्’ उनले भने । यो वर्ष कोरोना महामारी कम हुदै गएकाले पर्यटक आगमनको संख्या बढेको उनको भनाइछ ।
‘भूकम्प जानु अगाडि मनास्लु पुग्ने विदेशी पर्यटक संख्या सात हजार जनासम्म पुगेको थियो । यो संख्या भूकम्प गएपछि तीन हजारमा झ¥यो । त्यसपछि कोभिड कारण पर्यटक आगमन संख्या ह्वातै घट्यो । भूकम्प जानु अगाडि भैm पर्यटकहरु आइरहेको भए अहिले मनास्लु पुग्ने पर्यटक संख्या वार्षिक १० हजार भन्दा बढी हुन्थ्योे तर प्राकृति विपद र महामारी कारण पर्यटन क्षेत्रमा धक्का लाग्न पुग्यो’, उनले भने ।
विदेशी पर्यटकको चहलपहलले गुल्जार रहने मनास्लु क्षेत्र भूकम्प र कोभिड धेरै नै नराम्ररी असर गरेको थियो । अहिले भने पर्यटक आगमन बढेसँगै पर्यटकी क्षेत्र विस्तारै तग्रिन थालेका छन् । सन् २०२० मा तीन सय ७१ जना पर्यटक मनास्लु क्षेत्र पुगेका थिए ।




