| सोमवार, कार्तिक २३, २०८३

खोर्लाबेसीमा एक जनाको घरमा आगोलागी हुँदा घरगोठ जलेर नष्ट

गोरखाको धार्चे गाउँपालिका वडा नं ३ स्थित खोर्लाबेसीमा एक जनाको घर र गोठ घरमा आगोलागी भएको छ ।

आज विहान पाँच बजे सन्त बहादुर गुरुङको घरमा आगोलागी हुदा घर र घरसँगै रहेको गोठ जलेर नष्ट भएको स्थानीय जोन गुरुङले बताए । आगोालागीबाट हाल सम्म कति क्षति भयो भनेर वितवरण आइनसकेको उनले जानकारी दिए ।

आगोलागीबाट मानवीय क्षति नभएको र हाल नेपाली सेनाको टोलीले घटनास्थलमा पुगे आगो निभाउनुका साथै उद्धार कार्यमा खटिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्