
माओवादी केन्द्रको केन्द्रीय सदस्यमा गोरखाबाट १३ जना निर्वाचित
नेकपा माओवादी केन्द्रको हालै सम्पन्न आठौँ महाधिवेशनबाट केन्द्रीय सदस्य(खुल्लातर्फ)मा गोरखाबाट १३ जना निर्वाचित भएका छन् । आइतबार प्रज्ञा भवन कमलादीमा अध्यक्ष पुष्पकम दाहाल प्रचण्डले खुलातर्फ गोरखाका १३ जनाको नाम घोषणा गरेका हुन् ।
केन्द्रीय सदस्यमा निर्वाचत भएका गोरखाका नेताहरुमा नारायणकाजी श्रेष्ठ, हितराज पाण्डे, हरिराज अधिकारी, परशुराम रम्तेल, लेखनाथ न्यौपाने, कृष्णप्रसाद धिताल, सुशीला सिंखडा, अमर गुरुङ, चूडामणि खड्का, पार्वती थापा र पम्फा बसेल, दुर्गा विक र सोमती गुरुङ रहेका छन ।
माओवादीले २९९ केन्द्रीय सदस्यमध्ये खुलातर्फबाट १४५ जना निर्वाचित गर्ने विधानमा व्यवस्था गरेको छ । तर प्रचण्डले १११ जनाको नाम घोषणा गर्दै बाँकी ३४ जना पछि चयन गरिने बताए । माओवादीले महाधिवेशन बाट केन्द्रीय सदस्यमात्र चयन गर्ने र पदाधिकारीहरु केन्द्रीय समितिबाट चयन गर्ने व्यवस्था गरेको छ । अब केन्द्रीय सदस्य चयन भएका नेताहरुबाट नै पदाधिकारी चयन हुनेछन् ।




