
गोरखामा मिनि ट्रक दुर्घटना हुँदा २ वर्षीय बालिका सहित तीन जनाको मृत्यु
गोरखामा मिनि ट्रक दुर्घटना हुदा तीन जनाएको मृत्यु भएको छ । शुक्रबार ११ बजे आरुघाटबाट माछाखोला तर्पm जादै गरेको मिनि ट्रक दुर्घटना हुदा तीज जनाको मृत्यु भएको भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
बा ५ ख ६५६६ नम्बरको सो मिनि ट्रक सडकबाट सय मिटर तल बुढीगण्डकीमा खसेको डिएसपी प्रकाश दाहालले बताए ।
मृत्यु हुनेहरुमा धादिङ, त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ४ टारीगाउँका २३ वर्षीय निराजन नेपाल र सोहि वडाका २० वर्षीय दिपक परियार रहेका छन् ।
नेपाल घटनास्थलबाट उद्धार गरी स्थानीय मेडिकलमा लैजादै गर्दा बाटोमा मृत्यु भएका हुन् भने परियार घटनास्थलमै मृत्यु भएको दाहालले जानकारी दिए ।
त्यस्तै, धार्चे गापा ३ उहियाका शरणी गुरुङकी २ वर्षीय छोरी सपना गुरुङको माछीखोलामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
अन्य घाइते तीन जना मध्य धार्चे ५ सिङलाका आसमान गुरुङको टाउको र शरीरको अन्य भागमा समेत गम्भिर चोट लागेको छ । उनको आरुघाट स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेकोमा थप उपचारका लागि काठमाडौ स्थिट ट्रमा सेन्टरमा पठाइएको दाहालले बताए ।
त्यस्तै, धार्चे ३ उहियाका २६ वर्षीय शरणी गुरुङ र धार्चे ५ माछीखोलाका अस्मिता गुरुङको शरीरको विभिन्न भागमा चोट लागेको छ । उनीहरुलाई थप उपचारका लागि प्रभु एयरको हेलिकप्टरद्धारा उद्धारी गरी काठमाडौ स्थित टिचिङ अस्पतालनमा पठाइएको डिएसपी दाहालले जानकारी दिए ।
उक्त दुर्घटनाको कारण हाल सम्म खुल्न नसकेको बताइएको छ ।
सवारी दुर्घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय आरुघाट र जिल्ला प्रहरी कार्यालय गोरखाबाट प्रहरी निरिक्षक सहितको टोली घटनास्थल तर्पm लागेको प्रहरीले जनाएको छ ।




