
माओवादी केन्द्रको केन्द्रिय सम्मेलनका लागि गोरखाबाट १८ प्रतिनिधि
नेकपा माओवादी केन्द्रको पुस ११ गते काठमाण्डौँमा हुने प्रथम राष्ट्रिय सम्मेलनका लागि गोरखाबाट १८ जना प्रतिनिधि छनौट भएका छन् । गण्डकी प्रदेश समितिले प्रतिनिधि चयन गरेर जिल्लालाई जानकारी गराएको कार्यालयले जनाएको छ
। चयन भएका प्रतिनिधिहरुमा खोपबहादुर कंडेल, कमला नहर्की, लेखबहादुर थापा, जगन्नाथ खनाल, लोकप्रसाद बञ्जरा, बिष्णु भट्ट, दिपक देवकोटा, भगवती तिवारी, दिपक तिमल्सिना, छमबहादुर गुरुङ, धना गुरुङ, निमा लामा, दिलबहादुर सेन्चुरी, अकुर तिमल्सिना, भुबन सुनार, पूर्णकुमारी कँडेल, पम्फा बसेल, कन्चन कुमाल रहेका छन् ।
यीबाहेक केन्द्रीय सदस्यहरु स्वतः सम्मेलन आयोजक समितिमा रहनेछन् ।
माओवादी केन्द्रको जेष्ठ कम्यूनिष्ट मञ्चमा रहेका भुवनप्रसाद श्रेष्ठ, चुणामणि शर्मा कट्टेल, केन्द्रीय सल्हाकार वसन्त बराकोटी, रामबहादुर ढकाल पनि प्रतिनिधि हुनेछन् । यी प्रतिनिधिले काठमाण्डौँमा हुने केन्द्रीय महाधिवेशनमा भाग लिन पाउनेछन् ।




