
उवासंघ गोरखाको अधिवेशन उद्घाटन गर्न गृहमन्त्री खाँण पुस १० गते गोरखा आउने
गृहमन्त्री बालकृष्ण खाँण पुस १० गते गोरखा आउने भएका छन् ।
उद्योग बाणिज्य संघ गोरखाको ४६ औँ साधारण सभा एवं १६ औँ अधिवेशनको उद्घाटन गर्न मन्त्री खाँण गोरखा आउने निश्चित भएको उद्योग बाणिज्य संघ गोरखाका अध्यक्ष जिबनज्योती श्रेष्ठले बताए ।
गोरखा आएका बेला सुरक्षा निकाय सँग भेटघाट, राजनीतिक दलका नेताहरु सँग छलफल गर्ने सहितको कार्यक्रम तय भएको छ ।




