
निर्माण ब्यवशायी संघको अधिवेशन आजदेखि, अध्यक्षमा बानियाँ र भण्डारी बिच प्रतिषपर्धा हुने
निर्माण ब्यवशायी संघ गोरखाको २६ औँ साधारण सभा एवं १० औँ जिल्ला अधिवेशन आजदेखि सुरु हुँदैछ ।
अधिवेशनले नयाँ कार्य समिति चयन गर्नेछ । अध्यक्ष पदका लागि बर्तमान महासचिव सुर्य भण्डारी र निर्वतमान महासचिव होमबहादुर बानियाँको चर्चा छ । यी दुबै बिच चुनाव पक्कापक्की भएको हो ।
बानियाँ कांग्रेस निकट हुन् भने भण्डारी माओवादी निकट मानिन्छन् तर उनी अहिले आफु राजनीतिमा सक्रिय नरहेको बताउँछन् । बानियाँ र भण्डारी दुबै जनाले अध्यक्षको दाबी छाडेका छैनन् । एक अर्कामा दुबै आफुले जित्ने दावी गर्छन ।
विसं २०४८ मा स्थापना भएको निर्माण ब्यवशायी संघमा अहिले दुई सय ५७ सदस्य छन् । भण्डारीले माओवादी, जनता समाजवादी र नेकपा एमाले सँग सहकार्यको प्रयास गरिरहेका छन् । यी ति वटै सँग सहकार्य गरेर अध्यक्ष जित्ने तयारी उनेको छ । कांग्रेस निकट ब्यवशायी एक सय भन्दाबढि रहेकाले एमाले, नेकपा माओवादी, जनता समाजवादी मध्ये कुनै एउटा सँग सहकार्य भएमा बानियाँ अध्यक्ष बन्नेछन् ।
भण्डारीलाई भन्दा बानियाँलाई सहज देखिन्छ । तर आफ्नो मत कमजोर नरहेको दावी भण्डारी र बानियाँ दुबैको छ ।
अध्यक्षका दाबेदारले अनुमान गरेजस्तो कति भोट कुन पार्टी निकटका ब्यक्तिको छ भन्ने तथ्याङ्क बाहिर चर्चा भएको भन्दा फरक रहेको ब्यवशायी बताउँछन् । प्यानलगत रुपमा राजनीतिक दलको निर्देशन अनुसार भोट नहाल्ने केही ब्यवशायीले सार्वजनीक रुपमै बताएका छन् ।
यसले निर्माण ब्यवशायी संघ भित्र असन्तुष्टि छ भन्ने देखिन्छ । ब्यक्तिगत र ब्यवशायी संम्बन्धको भोटहरु दुबैले काट्ने आँकलन लामो समय संघको नेतृत्वमा रहेको ब्यवशायीकै छ । नेतृत्व टुङ्ग्याउने विषयमा राजनीतिक दलका शिर्ष नेताहरु बिच पनि छलफल चलिरहेको छ ।
संघको अध्यक्षमा निर्वाचन हुनेछ भने बाँकी ११ जना सदस्य निर्वाचित हुनेछन् । त्यसपछिको पहिलो बैठकले पदाधिकारीको टुङ्गो लगाउनेछ । मनोनित सदस्य चार जना हुन्छन् । मनोनित र निर्वाचित दुबै बाट पदाधिकार बनाउन सकिने प्रवधान छ ।
ठेक्कापट्टागर्ने भएकाले संघलाई लाभको पदको रुपमा पनि लिईन्छ । निर्माण ब्यवशायी स्वयम आफ्नो ब्यवशाय सफल बनाउन पनि संघको नेतृत्वमा पुग्न चाहान्छन् । उनीहरुले संम्बद्ध सबै ब्यवशायीलाई ब्यवशायमा साथसाथै लैजानुपर्ने चुनौतीको पनि सामना गर्नुपर्छ ।




