
गोरखामा पुस ५ गतेदेखि चेम्बरले गर्न लागेको मेला स्थगित(निर्णयसहित)
चेम्बर अफ कमर्सले पुस ५ गतेबाट गोरखा सदरमुकामको हरमटारी खेलमैदानमा गर्न लागेको मेला स्थगित गर्ने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालयमा आज बसेको सर्वपक्षिय बैठकले तत्कालका लागि मेला स्थगित गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी संकरहरी आचार्यले बताए ।


राजनीतिक दल, मेला आयोजक, सुरक्षा निकाय सहित सरोकारवालाको बैठकले राष्ट्रिय खेलकुद परिषद र युवा तथा खेलकुद मन्त्रालयबाट लेखि आए अनुसार तत्कालका लागि मेला स्थगित गर्ने निर्णय गरेको जनाएको छ ।
मेला संचालनका लागि जिल्ला खेलकुद बिकास समितिले तालुक निकाय तथा सरोकारवाला पक्ष सँग समन्वय गर्ने निर्णय पनि भएको छ । साथै मेला आयोजना गर्दा आयोजक संघ संस्थाले स्थानीय तह सँग अनिवार्य स्विकृत लिनुपर्ने निर्णय भएको छ ।




