| सोमवार, कार्तिक २३, २०८३

गोरखामा केन्द्रीय प्रसारण लाइन बिस्तारको काम ९० प्रतिशत सकियो

केशव गुरुङ

गोरखामा केन्द्रीय प्रसारण लाइन विस्तारको काम अन्तिम चरणमा पुगेको छ । ११ स्थानीय तह रहेको गोरखामा चुमनुब्री गाउँपालिकाबाहेक अन्य स्थानीय तहमा केन्द्रीय प्रसारण लाइन विस्तार कार्य करिब ९० प्रतिशत सकिएको नेपाल विद्युत प्राधिकरण वितरक केन्द्र गोरखाले जनाएको छ ।
गोरखाको सिरानचोक, गण्डकी, भिमसेनथापा, सहिदलखन, गोरखा र पालुङटार नगरपालिकाका सबै क्षेत्रमा केन्द्रीय लाइन विस्तार भइसकेको नेपाल विद्युत प्राधिरकण गोरखा वितरण केन्द्रका प्रमुख नेत्रप्रसाद न्यौपानेले बताए ।

बारपाक सुलिकोट गाउँपालिका ४ सौरपानी र अजिरकोट गाउँपालिका १ घ्याल्चोक लगायतका केही ठाउँमा प्रसारण लाइन विस्तार गर्ने काम चलिरहेको छ । ती स्थानमा प्रसारण लाइनका लागि सामानहरु पुगिसकेको र जडानको काम भइरहेको कार्यालयले जनाएको छ । गोरखा वितरण केन्द्रबाट धार्चे गाउँपालिमा वडा ४ लाप्राक एकीकृत नमूना बस्तीसम्म केन्द्रीय प्रसारण लाइन पोल लगिसकिएको छ । तार जडानको काम भइरहेको छ । कोडिभ र लकडाउनका कारण ढिलाई भएको बताउँदै ६÷७ महिनामा सबै काम सकिने न्यौपानेले जानकारी दिए ।
आरुघाट, धार्चे र चुमनुब्री गाउँपालिकामा केन्द्रीय प्रसारण लाइन विस्तारको काम प्राधिकरणको केन्द्रले गर्दै आएको छ ।

आरुघाट गाउँपालिका वडा नं. १ र २ मान्बुमा केन्द्रीय प्रसारण लाइन पुग्न नसकेको तर स्थानीय छोटेखोला हाइडूोपावरबाट उत्पादित विजुली बालिरहेको कार्यालयले जनाएको छ । छोटेखोलाबाट उत्पादित विद्युत पनि छिट्टै केन्द्रीय प्रसारण लाइनमा जोड्ने तयारीमा रहेको आरुघाट वितरण इकाइ कार्यालयका प्रमुख पवन पौडेलले जानकारी दिए । धार्चेको गाउँपालिका केन्द्र माछाखोलासम्म यसअघि नै केन्द्रीय प्रसारण लाइन पुगिसकेको छ ।

‘माछाखोलामा केन्द्रीय लाइन पुगिसक्यो, उहिया र हुल्चुकमा पुगेकै छैन, तातोपानीदेखि सिर्दिबाससम्म सेनाले सडक खन्ने काम गरिरहेको छ । सेनाले त्यो बाटोबाट सामान लैजाने अनुमति दियो भने यही वर्ष केन्द्रीय लाइन पुग्छ’ उनले भने ।

धार्चेका अन्य वडामा केन्द्रीय लाइन पुगे पनि विद्युत भने प्रवाह नभएको उनले जानकारी दिए । ‘धार्चेको केरौजा, गुम्दा, लापुमा केन्द्रीय प्रसारण लाइन विस्तार गरिसक्यौँ, तर हामीले नाङ्गो तारमा विस्तार ग¥यौँ । माथि बाक्लो बस्ती भएकाले एबिसी (कालोतार) तार जोड्नुपर्छ, त्यो तार जोडिएपछि मात्र विद्युत प्रवाह गछौ’ उनल भने ।

आउँदो जेठसम्म केन्द्रीय प्रसारण लाइन विस्तार भइसक्ने उनको दावी छ । अहिले स्थानीयले हाइडूोपावरबाट उत्पादन भएको विजुली बालिरहेका छन् । उत्तरी गोरखाको चुमनुब्री भने सडक विस्तार भएपछि मात्र केन्द्रीय प्रसारण लाइन विस्तार गर्ने कार्यालयले जनाएको छ ।

बिपन्नलाई निशुल्क मिटरबक्स

गोरखा वितरक केन्द्रले विपन्न नागरिकलाई निशुल्क मिटर बक्स वितरण गर्दैै आएको छ । केन्द्रीय प्रसारण लाइन विस्तार भएको स्थानका आर्थिक अवस्था कमजोर भएका, अतिविपन्न, गरिब नागरिकलाई निशुल्क मिरट बक्स वितरण गरिरहेको कार्यालय प्रमुख नेत्रप्रसाद न्यौपानेले जानकारी दिए ।

यसका लागि वडाअध्यक्षको सिफारिस लिई नेपाल विद्युत प्राधिकरण वितरक केन्द्र गोरखामा आउनुपर्ने छ । त्यसपछि वितरक केन्द्रले आवश्यक प्रव्रिmया पुरा गरी मिटरबक्स दिनेछ । अघिल्लो वर्ष कार्यालयबाट २६ सय मिटर बक्स वितरण गरिएका मध्ये नौ सय थान मिटरबक्स निशुल्क दिइएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्