
काम गर्न जनशक्ति र साधन स्रोत अभाव भयो : कार्यालय प्रमुखहरु
पुर्वाधार विकास कार्यालय गोरखाका प्रमुख ओमराज ढुंगानाले यस बर्ष दायित्व सृजना हुँदा ५ करोड २८ लाख आवश्यक भएको बताए । कार्यालयमा प्राप्त बजेट अभावले गर्दा यसबर्ष करीब १३ योजना नै प्रभावित हुने उनले जानकारी दिए
। स्वास्थ्य कार्यालय गोरखाकी निमिक्त प्रमुख बिद्या तामाङले गोरखाको विकट क्षेत्र चुमनुब्रि र धार्चेमा ४५ जनाको दरवान्दी रहेकोमा हाल ७ जना मात्र रहेको बताईन् । गोरखामा आउदो पुष महिना भित्र १८ बर्ष माथिका व्यक्तिहरुमा ९४ प्रतिशत कोरोना बिरुद्धको खोपको पहुच पुग्ने तामाङले दाबी गरे ।
सामाजिक विकास कार्यालयका प्रमुख दीपेन्द्र परियारले दरवन्दी अनुसार कर्मचारी पदपुर्ति गरी काम गर्ने वातावरण सृजना गरिदिन अर्थमन्त्री बराल समक्ष माग गरेका थिए । स्रोत साधन र जनशक्तिको अभावले गर्दा एकलाख रुपैयाँका धेरै योजनालाई कार्यान्वयमा लैजान कठिन हुने गरेको उनले बताए ।
जलश्रोत तथा सिंचाई डिभिजन कार्यालय गोरखाका प्रमुख प्रकाश लम्सालले आगामी बर्ष योजना अनुसारको कार्यक्रम ल्याउदा न्यूनतम २० प्रतिशत बजेट सुनिश्चित गर्न माग गरेका छन् । यस बर्ष थप ४ करोड बजेट आवश्यक भएको उनले बताए ।
कृषि ज्ञान केन्द्र गोरखाका प्रमुख परशुराम अधिकारीले जनशक्ति अभाव, व्यबस्थित बजारीकरण, श्रम शक्ति अभाव, भौगोलिक कठिनाईका कारण योजना कार्यान्वयनमा कठिनाई भएको बताए ।
१३ जनाको दरवन्दीमा हाल ५ जना मात्र रहेको उनले बताए । कार्यक्रममा गोरखाको चुमनुब्री गाउँपालिकामा अझै पनि सुख्खा पहिरो गएको र करीब सात सय घरधुरी खाद्यान्न संकटको उच्च जोखिममा रहेकाले उनीहरुको समस्या समाधान गर्न प्रदेश सरकारले पहल गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए ।
प्रजिअ अचार्यको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा मन्त्रालयका उपसचिव बसन्तराज तिवारी, शाखा अधिकृत केशव सुवेदी लगायतले मन्तव्य राखेका थिए ।




