
माओवादी केन्द्र गण्डकी प्रदेशमा कमिटीमा गोरखाका ४० जना
नेकपा (माओवादी केन्द्र)को गण्डकी प्रदेश अधिवेशन सम्पन्न भएको छ । दुईदिनदेखि जारी अधिवेशन आइतबार राती अबेर सम्पन्न भएको हो ।
अधिवेशनले गायत्री गुरुङ(कुसुम)को अध्यक्षतामा २२९ सदस्यीय कमिटी गठन गरेको नेता परशुराम रम्तेलले जानकारी दिए । २८ जना पछि थप गर्ने गरी अहिले २०१ सदस्य सर्वसम्मत चयन गरेको उनले बताए ।
कमिटीको पहिलो बैठकले अन्य पदाधिकारी चयन गर्ने गरी अधिवेशन सम्पन्न भएको नेता रम्तेलले जानकारी दिए ।
समितिमा गोरखाका ४० जना सबैसम्मत निर्वाचित भएका छन् ।




