| सोमवार, कार्तिक २३, २०८३

३२ बोरा कुटकी जडीबुटी सहित उत्तरी गोरखाबाट एक जना पक्राउ

३२ बोरा जडीबुटी सहित गोरखाको धार्चे गाउँपालिका ५ माछिखोलाबाट एक जना पुरुष पक्राउ परेका छन् । खच्चडलाई जडीबुटी बोकाएर ल्याउँदै गरेका चुमनुब्री गाउँपालिका १ सामागाउँ बस्ने ४३ वर्षिय ग्याल्जेन लामालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मनास्लु संरक्षण क्षेत्र आयोजनाबाट छुटपुर्जी नलिई संकलन गरेको जडीबुटी भएकाले नियन्त्रणमा लिइएको डिएसपी प्रकाश दाहालले बताए । उक्त जडीबुटी गाउँको बिभिन्न स्थानबाट संकलन गरेको लामाले बताएका छन् ।

पक्राउ परेका लामालाई डिभिजन बन कार्यालय गोरखामा कारवाहीका लागि बुझाइएको प्रहरीले जनाएको छ । माछाखोला प्रहरी चौकीबाट खटिएको प्रहरीले बुधवार पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्