| सोमवार, कार्तिक २३, २०८३

कांग्रेस केन्द्रिय समितिमा गोरखाबाट उम्मेदवार बन्नेको लर्को

केन्द्रिय समितिमा पूर्व केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डे, चिनकाजी श्रेष्ठ, कमला पन्तले पदाधिकारीमा उम्मेदवार बन्ने इच्छा ब्यक्त गरेका छन् । तीनै जना केन्द्रिय सदस्य आ–आफ्नो प्यानलमा पदाधिकारीका लागि कसरत गरिरहेका छन् । सहमहामन्त्री सम्मको पदमा तीन जनाकै दावी रहेको चर्चा छ ।


पाण्डे र श्रेष्ठ देउबा निकट मानिन्छन् भने पन्त पौडेल निकट छिन् । कसले कुन पदमा टिकट पाउँछ भन्ने एकिन छैन तर पदाधिकारी नपाएमा अन्तत केन्द्रिय सदस्यमा भने तीनै जनाले उम्मेदवारी दिने संकेत गरेका छन् ।


यी बाहेक गोरखाका पूर्व पार्टी सभापति हरिबहादुर घलेले केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । उनी अल्पसंख्यको तर्फबाट केन्द्रिय सदस्यमा उम्मेदवार बन्ने भएका हुन् । यस्तै १३ औँ महासधिवेशन पनि केन्द्रिय सदस्यको उम्मेदवार रहेका महासमिति सदस्य राजेन्द्र बजगाईको पनि केन्द्रिय सदस्यमा दाबी छ । उनी पर्यटन ब्यवशायी पनि हुन् ।


यस्तै मुस्लिम संघका केन्द्रिय अध्यक्ष एवं महासमिति सदस्य अब्दुल सतार पनि केन्द्रिय सदस्यको उम्मेद्धवार बन्ने बताएका छन् । मुस्लिम समुदायका प्रतिनिधित्व गर्दै आरक्षण कोटाबाट केन्द्रिय सदस्यमा उम्मेदवारी दिने उनले घोषण गरेका छन् ।


जनजाती महिला तर्फ महासमिति सदस्य मनकुमारी गुरुङले उम्मेदवारी घोषणा गरेकी छिन् । गण्डकी प्रदेश सांसद समेत रहेकी गुरुङ कांग्रेस गोरखाको महासमिति सदस्य हुन् ।


नेपाली कांग्रेस गोरखाको पूर्व उप सभापति समेत रहेका महासमिति सदस्य मोहन पोखरेलले पनि केन्द्रिय सदस्यमा उम्मेदवारी दिने भएका छन् । सामाजिक सञ्जालमा आफ्नो उम्मेदवारी घोषणा गर्दै उनले चुनावी तयारी थालिसकेको बताए ।


गोरखाबाट महासधिवेशन प्रतिनिधि चयन भएका युबराज न्यौपानेले सभापतिमा उम्मेदवारी घोषण गरेका छन् । कांग्रेसमा युवाहरुको नेतृत्व महशुस गरेर आफुले उम्मेदवारी घोषणा गरेको उनले बताए ।


महाधिवेशन प्रतिनिध दिपकबाबु कंडेल र सल्लाउदीन मियाँले पनि केन्द्रिय सदस्यमा उम्मेदवारी दिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्