| मङ्लबार, कार्तिक २४, २०८३

निर्माण ब्यवशायी संघ गोरखाको अधिवेशन पुस ६ र ७ गते हुने

निर्माण ब्यवशायी संघ गोरखाको अधिवेशन तेस्रो पटक सरेको छ । संघले तेस्रो पटक मिति संशोधन गर्दै आउँदो पुस ६ र ७ गते अधिवेशन गर्ने निर्णय गरेको अध्यक्ष बाबुराम श्रेष्ठले बताए ।


पहिलो पटक मंसीर १६ र १७ गतेका लागि २३ औँ साधारण सभा एवं १० औँ जिल्ला अधिवेशन तय भएको थियो । त्यसपछि पुस २ र ३ गते गर्ने गरी पत्राचार भयो । संघले आईतवार सुचना जारी गर्दै ६ र ७ गतेलाई मिति घोषण गरेको हो ।


आन्तरिक तयारीका लागि समय अभाव हुँदा मिति परिर्वतन गर्नु परेको संघले जनाएको छ ।
सबै सदस्यहरुलाई उक्त मितिमा हुने साधारण सभामा सहभागी हुन समेत संघले अपिल गरेको हो । निर्माण ब्यवशायी संघ गोरखामा अहिले दुई सय ५७ जना आवद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्