
गोरखाका किरणबाबु श्रेष्ठ कांग्रेसको गण्डकी प्रदेश महामन्त्रीमा बिजयी (कसको कति मत सुची सहित)
नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको महामन्त्रीमा गोरखाका किरणबाबु श्रेष्ठ बिजयी भएका छन् ।
आज बिहान सकिएको मत गणनामा श्रेष्ठले ५७३ मत प्राप्त गरे । महामन्त्रीमा उनले सबैभन्दा धेरै मत पाएका हुन् । अर्का महामन्त्रीमा बिजयी बिष्णुप्रसाद लामिछाने हुन् ।
सभापतिमा शुक्रराज शर्मा बिजयी भएका छन् । उनले ६१२ मत पाए भने प्रतिद्धन्द्धी अर्जुन प्रसाद जोशीले ५२८ मत प्राप्त गरे ।
बिजयी शर्मा पौडेल पक्षिय हुन् । उप सभापतिमा कल्पना तिवारी र मेखलाल श्रेष्ठ बिजयी भए । सह महामन्त्रीमा कोपिला रानाभाट, रमेशकुमार पाण्डे र रामचन्द्र जोशी बिजयी बने ।
बिजयी पदाधिकारी मध्ये उप सभापति मेखलाल श्रेष्ठ देउबा प्यानलबाट उम्मेद्धवार थिए भने बाँकी सबै पौडेल पक्षका हुन् ।
सदस्यहरुको मत परिणाम भने आउन बाँकी छ ।





