
अपाङ्गता भएका व्यक्तिहरुलाई सहायता सामाग्री वितरण
जिल्लामा विभिन्न स्थानका अपाङ्गता भएका व्यक्तिहरुलाई सहायता सामाग्री वितरण गरिएको छ । ३० औँ अन्तरािष्ट्रय अपांगता दिवसको अवसरमा शुक्रबार सामाजिक विकास कार्यालय गोरखाले सामाग्री विरतण गरिएको हो ।
नेत्रहिन संघ गोरखा, प्रगतिशिल अपांङ्ग संघ गोरखा, महिला अपांङ्ग संघ गोरखा र बाहिरा संघ गोरखाको आयोजना तथा गोारखा नगरपालिका, सामिाजक विकास कार्यालय गोरखाको समन्वय र नेपाल नेत्रहिन संघ पुर्नस्थापना परियोजना र असल छिमेकी पोखराको सहयोगमा कार्यक्रम भएको हो ।
दिवसको अवसरमा जिल्ला विभिन्न स्थानमा बसोबास गर्ने अपाङ्गता भएका व्यक्तिहरुलाई सहायता सामाग्री वितरण गरिएको थियो ।
सामाजिक विकास कार्यालय गोरखाका अनुसार नेपाल नेत्रहिन संघ पुर्नस्थापनाको तर्पmबाट सरस्वती मावि आहालेलाई चस्मा ११ थान, राईटिङ स्लेट १० थान, एक हजार पाना ब्रेलसिट र १२ वटा स्कूल व्याग वितरण गरिएको थियो । जलकुमारी मावि थुमीलाई एक हजार पाना ब्रेलसिट र ६ वटा स्कुल व्याग र अमरज्योति मावि लुईटेललाई एक हजरा पाना बे्रलसिट र पाँच वटा स्कूल व्याक वितरण गरिएको कार्यालय प्रमुख दिपेन्द्र परियारले बताए ।
यस्तै, एकीकरण नेपालको तर्पmबाट विन्ध्यावासिनी मावि नारेश्वरमा अध्ययनरत विद्यार्थीहरुका लागि न्यानो कपडा वितरण गरिएका छ । असल छिमेकी पोखराले महेन्द्रज्योती माविलाई स्टेशनरी सामाग्री र नारायण सुनचादी गोरखाका प्रोपाईटर नारायण सुनारबाट ५ जनालाई अपांगता भएका तथा विपन्न परिवारहरुलाई न्यानो कपडा वितरण उनले जानकारी दिए ।
सामाजिक विकास कार्यालबाट १९ जनालाई सहायता सामाग्री वितरण गर्ने भनिएता पनि उनीहरु सबैजना कार्यक्रममा उपस्थिति हुन नसक्दा तीन जनालाई मात्र सहायता सामाग्री वितरण गरिएको र बाँकीलाई सम्बन्धित स्थानमा गएर वितरण गरिने कार्यालय प्रमुख परियारले बताए । कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय गोरखाका प्रमुख टेकबहादुर कोइरालाले अपांङ्गता भएका व्यक्तिहmरुको मताधिकारको बारेमा जानकारी गराएका थिए ।
अपांङ्गता भएका व्यक्तिहरुको कुनै समस्या गुनासा भएमा जानकारी गराउन आग्रह गर्दै प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले समाधानका लागि पहल गर्ने आश्वासन दिए ।
नेत्रहिन संघ गोरखाको अध्यक्ष पवन कुमार वस्नेतको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशेष अतिथि राष्ट्रिय अपांग महासंघ गण्डकी प्रदेशका सचिव अमर गुरुङ लगायत सरकारी तथा गैरसरकारी संस्थाका प्रमुखले मन्तव्य राखेका थिए ।




