हरमटारी चोकको खाल्डो पुर्दै गोरखा ट्राफिक(फोटो फिचर)
गोरखा सदरमुकाममा जताततै खाल्डैखाल्डो छ । दिनहुँ पैदलयात्री र सवारी चालकहरु खाल्डोमा दुर्घटनाको जोखिम मोलेर यात्रा गरिरहेका छन् ।


गोरखा सदरमुकामको मूख्य चोक हरमटारीमा पनि बिच सडकमा खाल्डाखुल्डी छ । त्यो खाल्डाखुल्डी न त सडक छेउका ब्यापारी, घरधनीले देखेका छन न स्थानीय जनप्रतिनिधिले नै ।

लामो समय सम्म सडकमा खाल्डाखुल्डी हुँदापनि मर्मत गर्न कसैले चासो नदिएपछि ट्राफिक प्रहरी गोरखाले बिहिवार बिच सडकको खाल्डा पुरेको छ । सम्भावित सवारी दुर्घटना न्यूनीकरणका लागि सडकमा रहेको खाल्डाखुल्डी पुरिएको जिल्ला टूाफिक कार्यालय गोरखाका प्रमुख प्रेमप्रसाद पोखरेलले बताए । हरमटारी चोकदेखि घ्याम्पेसाल जाने सडक खण्डको बिभिन्न ठाउँमा रहेका खाल्डोहरु ट्राफिकप्रहरी आर्फैँले पुरेका हुन् ।

स्थानीय व्यवसायीहरुसँग आवश्यक सिमेन्ट र गिट्टी वालुुवा बोक्ने सामाग्री जुटाएर खाल्डो परिएको थियो । सडक कार्यालय, स्थानीय सरकारले लामो समयदेखि मुख्य सडकमा परेको खाल्डो पुर्नलाई कुनै चासो दिएनन ।

स्थानीयले पनि सामाजिक काममा बेवास्था गरेपछि प्रहरीले सक्रियता देखाएको हो । ट्राफिक प्रहरीले बिच सडकको खाल्डो पुर्दै गरेको तस्विर र भिडियो सामाजिक सञ्चालमा पनि चर्चामा छ । अधिकासंले गोरखा टूाफिकले गरेको यो कामको प्रंसंशा गरेका छन् ।




