| सोमवार, कार्तिक २३, २०८३

कांग्रेसको गण्डकी प्रदेश समितिमा गोरखाबाट उम्मेद्वारी घोषण गर्नेको लर्को

नेपाली कांग्रेसको १४ औँ महाधिवेश अन्तर्गत गण्डकी प्रदेश समितिको लागि गोरखाबाट उम्मेद्वार घोषणा गर्नेहरु बढेका छन् ।

अहिलेसम्म कांग्रेस महासमिति सदस्य एवं गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले सह महामन्त्रीमा उम्मेद्वारी घोषणा गरिसकेका छन् । महासमिति सदस्य इश्वर पाण्डे र दिपक कँडेलले पनि पदाधिकारीमा उम्मेद्वारी दिने बताएका छन् । तर पद भने खुलाएका छैनन् ।
पाण्डे र कँडेल दुबै जनाको महामन्त्रीमा चर्चा छ ।

युवराज बस्ताकोटीले सह–महामन्त्रीमा उम्मेद्वारी दिने बताउँदै आएका छन् । गण्डकी प्रदेश सभा सदस्य गोरखा क्षेत्र नम्बर २ ‘ख’ का सांसद प्रकाशचन्द्र दवाडीले कांग्रेसको प्रदेश सदस्यमा उम्मेद्ववारी घोषणा गरेका छन् ।

आरुघाट गाउँपालिका अध्यक्ष एवं महासमिति सदस्य पूर्णबहादुर दाहाल, महासमिति सदस्य कमला लामिछाने, शोभा अधिकारी, महाधिवेशन प्रतिनिधि एवं गोरखा नगरपालिकाकी उपमेयर बिनाकुमारी श्रेष्ठ, फुलमाया गुरुङ, मोहन पोखरेल, किरणबाबु श्रेष्ठ, लगायतले पनि प्रदेश समितिको विभिन्न पदमा उम्मेद्वारी दिने जनाएका छन् ।

ध्र्रुब खनाल,वीरवल ढकाल, श्यामप्रसाद लामिछाने, पूर्ण राना, राधा पन्थी, डाक्टर सुरेन्द्र देबकोटा, सुनील कुँवर, साबित्री भट्टले पनि प्रदेश सदस्यमा उम्मेद्वारी दिने जनाएका छन् । आज(बिहिबार) बाट निर्वाचन प्रक्रिया सुरु हुने र १८ गते पोखरामा निर्वाचन हुने कांग्रेस केन्द्रीय निर्वाचन समितिले कार्यतालिका प्रकाशित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्