| सोमवार, कार्तिक २३, २०८३

गोरखाबाट एमालेको केन्द्रीय सदस्यमा सात जना आकांक्षी

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन चितवनको नारायणी किनारमा आजबाट सुरु हुदै छ । महाधिवेशनमा गोरखाबाट मात्रै ७ जनाले केन्द्रीय कमिटीको सदस्यका लागि उम्मेद्वारी दिन आकांक्षा जनाएका छन् ।


एमालेका पूर्व केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका पूर्वमन्त्री रामशरण बस्नेतले पनि फेरि केन्द्रीय सदस्यमा नै उम्मेदवारी दिने तयारी गरेका छन् । यस्तै, पार्टीका जिल्ला अध्यक्ष प्रेम गुरुङले जनजाति तर्पmबाट, प्रदेश कमिटी सदस्य सम्झना देवकोटाले महिला तर्पmबाट, जिल्ला सचिव कृष्ण नेपालीले उत्पीडित तथा दलित तर्पबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारीमा छ ।

यस्तै, खुल्ला तर्पmबाट बाबुराम थापा, कमल दानी र सुरेन्द्र थापाले केन्द्रिय सदस्यमा उम्मेदवारी दिने आकांक्षा जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्