| सोमवार, कार्तिक २३, २०८३

ठेक्का नलाग्दा उत्तरी गोरखामा चामल ढुवानी भएन

उत्तरी गोरखामा आर्थिक वर्षको चार महिना सकिदा समेत चामलको ढुवानी हुन सकेको छैन् । पटक पटक टेन्टर आह्वान भए पनि चामल ढुवानी हुन नसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गोरखा शाखाले जनाएको छ ।

‘सिर्दिबास डिपोमा अहिले सम्म चामल ढुवानी भएको छैन, पहिलो पटक टेन्टर आह्वान भएको थियो । तर कसैको पनि बोलपत्र पेश नभए पछि रद्ध भयो,’ कार्यालय प्रमुख नविन बस्नेतले भने, ‘दोस्रो पटक फेरी टेन्टर आह्वान गरेका छौ, अहिले सम्म निर्णय भइसकेको छैन ।’ दोस्रो पटकका लागि असोज २५ गते देखि कार्तिक ९ गते खाद्यबस्तु ढुवानीका लागी शिलबन्दी बोलपत्र नाममा सूचना प्रकाशन गरेको थियो । पहिलो चरणमा भने गत असार २२ गते सूचना प्रकाशन भएका पनि कसैले पनि बोलपत्र पेश नगरपछि रद्ध भएको थियो ।

उत्तरी दुर्गम भेगमा खाद्यान्न ढुवानी गर्नुपर्ने तर दररेट कम भएको भन्दै ब्यवशायीले ढुवानीमा प्रतिष्पर्धा गर्दैनन । त्यसैले एक पटकमा ठेक्का नलागेपछि पुन ढुवानीका लागि बोलपत्र आह्वान गर्ने गरेका छन् । ‘दोस्रो पटकमा तीन जना ठेकेदार कम्पनीले चामल ढुवानीका लागि बोलपत्र पेश गरेको थियो । उनीहरुको हार्डकपी प्रधान कार्यालय पठाएको छु । माथिबाट अहिले सम्म कुनै आएको छैन,’ उनले भने ।

चालु वर्ष उत्तरी गोरखामा ३५ सय क्न्टिल चामल ढुवानी हुर्ने कार्यालयले जनाएको छ । खाद्यान्न कम्पनीले तयार गरेको लागत मूल्य भन्दा ठेकेदारले पेश गरेको लागत मल्य बढी पर्ने गरेकाले पटक पटक टेन्टर आह्वान भए पनि रद्ध हुने गरेको उनले बताए । दोस्रो पटकको टेन्टर पनि अस्वीकृत हुने सम्भवना धेरै रहेको उनले बताए ।

उत्तरी गोरखामा तत्काल खाद्यान्न अभाव भने नहुने उनी बताउँछन् । ‘अहिले उत्तरी गोरखाको सिर्दिबास डिपोसम्म जाने बाटो खुलेको छ । खच्चडहरुले सामान ओसारपोसार गरिरहेका छन् । त्यसैले खाद्यान्न अभाव हुदैन भन्ने लाग्छ,’ उनले भने । सो क्षेत्रमा चामल अभाव भएमा अर्को वैकल्पिक उपाय खोज्ने समेत उनले बताए ।

सिर्दीबास डिपोमा हाल एक सय २० क्न्टिल चामल बाँकी रहेको बताउँदै स्थानीयहरुको आवश्यकता अनुसार वितरण भइसहेको बस्नेतले जानकारी दिए । उनका अनुसार वडा कार्यालयले सिफारिस गरेको आधारमा डिपोबाट चामल वितरण हुने गरेको छ । यस अघि सिर्दिबास डिपोका लागि गोरखा सरदमुकामको खाद्य शाखाबाट मात्र चामल ढुवानी हुदै आएकोमा यो वर्षबाट तँनहुको विमल नगरबाट खाद्य शाखाबाट पनि चामल ढुवानी हुने उनले बताए ।

उत्तरी गोरखामा सोना मन्सुली चालम प्रति किलो ५२ रुपैयाँ, मकवानपुरे चामल प्रति केजी ५० रुपैयाँमा विक्रि हुदै आएको छ ।
त्यस्तै, गत वर्ष ३५ क्न्टिल चामल ढुवानी हुनुपर्नेमा ठेकेदार कम्पनीले २७ सय ७ विन्टल चामल मात्र ढुवानी भएको थियो । बाँकी जिल्ला प्रशासन कार्यालय गोरखाको सव्रिmयतामा पु¥याएको थियो ।

उत्तरी गोरखाको धार्चे र चुमनुबीमा चामल खेती हुदैन । यहाँ अन्नबाली कम हुनेभएकाले खाद्यान्नका लागि बजार निर्भर छन् । धार्चेमा चामल उत्पादन नभए पनि कोदो, मकै, गहुँ पर्याप्त उब्जनी हुन्छ, भोकमरी लाग्दैन तर चुमनुब्रीमा न धान(मकै, न गहुँ–जौ, कोदोको राम्रो उत्पादन हुन्छ ।

प्रतिक्रिया दिनुहोस्