
करेन्ट लागेर गम्भिर घाईते गोरखा मान्बुका एक पुरुषको हेलिकप्टरबाट उद्धार
करेन्ट लागेर गम्भिर घाईते भएका गोरखाको आरुघाट गाउँपालिका १ का ४० वषिय लाटा गुरुङको हेलिकप्टरबाट उद्धार गरिएको छ । आज बिहान घर नजिकै घाँस काट्न रुखमा चढेका उनलाई करेन्ट लागेको आफन्त मेघबहादुर गुरुङले बताए ।
पर्यटन ब्यवशायी एवं नेपाली कांग्रेस महासमिति सदस्य राजेन्द्र बजगाईको समन्वयमा हेलिकप्टरबाट उद्धार गरि टिचिङ हस्पिटलमा उपचारका लागि लगिएको उनले बताए ।
अब्यवस्थित रुपमा टाँगिएको तारबाट करेन्ट लागेपछि उनको अवस्था गम्भिर भएको थियो । रिचेत हाईड्रोपावर बाट निकालीको बिजुलीको तार गाउँमा राम्रो सँग ब्यवस्थित नभएको र होचो गरी टाँगिएकाले दुर्घटना भएको स्थानीयले बताएका छन् ।
मान्बु आरुघाट गाउँपालिकाको दुर्गम गाउँ हो । गाउँबाट दुर्घटनाको खबर आएपछि आफुले हेलिकप्टर खोजेर उद्धारका लागि पठाएको र उपचारमा पनि सघाउने कांग्रेस महासमिति सदस्य बजगाईले बताए । उनले यस अघि पनि उनले उत्तरी गोरखामा उद्धार, उपचार र राहतमा सहयोग गर्दै आएका छन् ।




