| सोमवार, कार्तिक २३, २०८३

हरि घलेद्वारा केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका नेता हरिबहादुर घलेले केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । आसन्न १४ औँ महाधिवेशनमा समावेशी समुहको अल्पसंख्यक तर्फबाट आफ्नो उम्मेदवारी रहेको उनले बताए ।

‘नेपाली कांग्रेसको संगठनलाई सुदृढ बनाउन, गुट उपगुटको अन्त्य गर्न मेरो उम्मेदवारी हो’ उनले भने । यस अघि दुई कार्याकाल गोरखा जिल्ला सभापति भएका घलेले २०३७ मा नेपाल विद्यार्थी संघबाट कांग्रेस राजनीतिक सुरु गरेका थिए । २०४७ सालमा कांग्रेस जिल्ला सदस्य, २०४९ मा जिविस सदस्य, २०५२ मा कांग्रेस जिल्ला कोषाध्यक्ष, २०५४ मा जिविस उपसभापति, २०६२ मा कांग्रेस जिल्ला सह सचिव हुँदै त्यसयता दुई कार्यकाल उनी जिल्ला सभापति भए । १४ औँ जिल्ला अधिवेशनमा उनी महासमिति सदस्य भएका छन् ।

‘यस अघिको स्थानीय निर्वाचमा गोरखाको ११ तह मध्ये ९ वटामा कांग्रेसको नेतृत्व स्थापित गर्न सफल भए’ घलेले भने ‘मैले सभापति भएर कांग्रेसको संगठन सुदृढिकरणमा धेरै काम गरेको छु भन्ने लाग्छ, अब जिल्लामा जस्तै देशभर कांग्रेसका लागि काम गर्ने योजनामा छु ।’

कांग्रेस पारिवारिक पृष्ठभुमिबाट आएका घलेको केन्द्रिय स्तरका सबैनेता सँग उस्तै संम्बन्ध रहेको बताउँछन् । ‘मलाई गुट उपगुटमा बिश्वास छैन, कांग्रेसका लागि काम गर्ने हो’ उनले भने । जिल्लामा अन्य राजनीतिक दलका नेताहरु सँगको सुमधुर संम्बन्धका कारण उनी सबैले रुचाईएका नेताका रुपमा चिनिन्छन् ।

‘१४ औँ अधिवेशनमा कांग्रेस गोरखाका जिल्ला सभापति, दुबै क्षेत्रको क्षेत्रिय समिति पनि मैले निर्बिरोध गराउन भुमिका खेलेँ’ उनले भने ‘मलाई जिल्ला भित्र मात्र नभई देशभरीका साथीहरुले बिजयी गराउन सहयोग गर्नुहुनेछ भन्ने आशा छ ।’ आफ्नो कार्यकालमा जिल्ला पार्टीको कार्यालय ब्यवस्थापक, संरचना निर्माणमा पनि उनले ठुलो योगदान गरेका छन् । गोरखाको बारपाक घर भएका घले सरल जिबनशैलीका छन् ।
समावेशीको अल्पसंख्यको केन्द्रिय सदस्य भएर नेपाली कांग्रेसको संगठनलार्य संस्थागत रुपमा बिकास गर्ने योजना छ’ उम्मेदवारी घोषणापछि घलेले भने । समावेशी अल्संख्यकमा ८७ जातजातीले उम्मेदवारी दिन पाउँछन् । त्यो मध्येको घलेपनि एक हो ।

प्रतिक्रिया दिनुहोस्