
मुलुक समृद्ध हुन कर तिर्नु पर्छ
राष्ट्रिय कर सप्ताह बुधबारदेखि सुरु भएको छ । करको दायरा बढाउने, कर छली घटाउने, करसम्बन्धी जनचेतना जगाउने लगायतका उद्देश्यसहित राष्ट्रव्यापी रुपमा कर दिवस मनाउन सुरु गरिएको हो । आन्तरिक स्रोतले मजबुद बनाएर मुलुकलाई संवृद्ध बनाउने मूल लक्ष्यसहित कर सप्ताह मनाइरहँदा यसको बिषयमा थप जानकारीका लागि दरौँदीका लागि केशव गुरुङले आन्तरिक राजस्व कार्यालय गोरखाका प्रमुख कृष्णराज खतिवडासंग कुराकानी गरेका छन् ।
कर भनेको के हो ?
आयआर्जन गरेबापत वा व्यवसाय गरे बापत राज्यलाई भुक्तान गर्नुपर्ने रकमलाई कर भनिन्छ । राज्यलाई कर तिर्नुपर्ने नागरिकको अनिवार्य दायित्व हो । कर विभिन्न किसिमका हुन्छन् । कुल राजस्वभित्र कर र गैरकर हुन्छ । कर राजस्वचाहि आम्दानीमा लगाइन्छ । व्यवसाय, रोजगारी लगानी र आकस्मिक लाभमा कर लाग्छ ।
प्यान र भ्याट भनेर सर्व साधारणले कसरी बुझने ?
प्यान भनेको मूल्य अभिवृद्धि कर ऐनले परिभाषित गरेका वस्तु तथा सेवाहरु जसको कारोबारमा भ्याट लाग्छ । ऐनले परिभाषित गरेको छ कि, यो(यो बस्तुमा भ्याट लाग्छ भनेर । त्यो कारोबार गर्नका लागि अनिवार्य रुपमा व्यवसाय दर्ता हुनुपर्छ । त्यसलाई भ्याट भनिन्छ । भ्याटमा दर्ता भएको र प्यान भनेको चाहि जुन आयकर मात्र गर्न व्यवसायहरुले जुन स्थायी लेख नम्बर प्रमाणपत्र लिन्छन्, त्यसलाई प्यान भनिन्छ । त्यहि प्यान नै भ्याट हो । फेरि भ्याट र प्यान फरक कुरा चाहि होइन् । भ्याटको कारोबार गर्ने व्यवसायले त्यसलाई भ्याट नम्बर भन्छन् र भ्याटको कारोबार नगर्ने आयकर मात्र लाग्ने खाद्यान्न लगायत २०÷३० लाख भन्दा तलका वस्तुहरुको व्यवसाय गर्ने मान्छेहरुले त्यसलाई प्यान कार्ड भनिन्छ । तर कुरा चाहि एउटै हो । त्यो भ्याट फरक, प्यान फरक चाहि होइन ।
व्यक्तिगत प्यान किन लिनुपर्छ ?
व्यक्तिगत प्यानचाहिँ आम्दानीमा कर लाग्ने जुन कन्सेप्ट छ, आम्दानीमा कर लागिसेकेपछि त्यो कर चाहि विथ होल्टर र विथ होल्टी भन्ने हुन्छ । तपार्ई कर भुक्तानी दिने निकायले चाहि तपार्ईलाई कर कट्टा गरेर दिन्छ । अनि त्यो कर कट्टा गरेर दिइसकेपछि त्यो कर कर कार्यालयमा दाखिला गर्छ । तपार्ईँको भुक्तानीमा, तपार्ईँको पारिश्रमिकमा, तपाईको तलबमा कर लाग्छ । त्यो कर कट्टा गरिएको हुन्छ । त्यो कर कट्टा अहिले चाहि कार्यालयको नाममा भुक्तानी गर्ने कार्यालयको नाममा दाखिला गरेर राखेको हुन्छ ।
तर तपार्ईले व्यक्तिगत प्यान लिइसकेपछि तपार्ईकै नाममा दर्ता हुन्छ । तपार्ईकै नाममा प्यानको एकाउन्टमा खातामा पैसा भए जस्तो मैले कति कर तिरे भनेर हरेक व्यक्तिले त्यो हेर्न पाउछ । आफ्नो लगिन आइडी एउटा दिन्छौँ । त्यो आइडी र पासवोर्ड दिन्छौँ । त्यो आइडी पासवोर्डबाट आफ्नो प्यान नम्बर हानिसकेपछि मैले कहाँबाट कति कति पारिश्रमिक भुक्तानी पाएँ, त्यो भुक्तानीबापत त्यो कार्यालयले कर कट्टा गरेर कर कार्यालयमा दाखिला गरिदियो कि गरिदिएन । कति गरिदियो भनेर हेर्नका लागि व्यक्तिगत प्यान प्रभावकारी हुन्छ । कर प्रशासनमा करको आफ्नो योगदान हेर्नका लागि पनि व्यक्रिगत स्थायी लेख नम्बर लिनुपर्ने हुन्छ ।
कर किन तिर्नुपर्छ ?
कर राज्य संचालको प्रमुख आधार हो । मुलुक समृद्धिको मुल आधार नै कर हो । राजस्व संकलन नहुने हो भने अरु प्रशासन प्रहरी, अदालत, सेना, शिक्षा लगायत क्षेत्र संचालन गर्नका लागि आवश्यक पर्ने पैसाको स्रोत भनेको कै राजस्व हो । त्यो कारणले कर तिर्नुपर्छ । अव फेरि कर सबैले तिर्ने भन्नेचाहि हुदैन । व्यवसाय गरेर नाफा कमाउने मान्छेले मात्रै तिर्ने हो । होइन नाफा नकमाउने मान्छेले पनि तिर्ने भनेको चाहि शुल्क हो । जस्तो कि पासपोर्ट लिँदा तिर्ने, घरजग्गा पास गर्दा तिर्ने, त्यो शुल्क हो । सेवा लिने जति सबैले तिर्नुपर्ने हुन्छ । करचाहि आम्दानी गर्नेले मात्र तिर्नुपर्छ । आम्दानी नगर्नेले कर तिर्नुपदैन ।
कर नतिर्दा के हुन्छ ?
कर नतिर्दा करको आयकर ऐन र मूल्य अभिवृद्धि कर ऐन तथा अन्त शुल्क ऐनले स्पष्ट कानुनी दण्ड सजायँको व्यवस्था गरेको छ । त्यो दण्ड सजायँको भागिदार हुनुपर्ने हुन्छ । कर छलीमा कारवाही हुन्छ । त्यसरी गर्न पाइदैन ।
गोरखामा कर तिर्नुपर्छ भन्ने चेतना कस्तो छ ?
गोरखामा म भर्खर आए । दुई÷तीन दिन भयो । केही उद्योगी व्यवसाय अगुवा, संघसंस्थाहरु हेर्दा खेरी कर प्रशासनसँग राम्रोसँग सम्बन्ध व्यवहार भएको, विकास भएको पाइयो । त्यो चाहि उहाँले आज भन्दा अगाडि नै करमा सहभागिता जनाइरहेको, यहाँ कार्यालय नहुदा पनि दमौली, पोखरा अथवा ठूला कर दाताहरु काठमाडौमा सहभाििगता जनाइरहेका हुनाले उहाँहरुले राम्रो बुझेको जस्तो देखिन्छ । तर अव कतिपय साना व्यवसायीहरु जसले चाहि कारोबारमा आधारित कर तिर्नुहुन्छ । २० लाख, ५० लाख, एक करोडसम्मको कारोबार गर्नुहुन्छ । उहाँहरुसँग चाहिँ अलिकति कर प्रतिको डर हो कि भन्ने जस्तो छ । त्यो हामी विस्तारै अन्तरक्रिया गरेर करदाता शिक्षाहरु विस्तारै उहाँहरुलाई बुझाउदै जानेछौ । यसमा चाहि कर प्रशासनसँग डराउनुपर्ने होइन । कर प्रशासन भनेको कर दाताको सहयोगका लागि स्थापना भएको कार्यालय हो भनेर करदातालाई बुझाउने छौ ।
गोरखामा करको दायरा कसरी बढाउन सकिन्छ ?
कर दायरा कुरा गर्दाचाहि भेरियस सेक्टरहरुलाई करमा आवद्ध गर्ने कुरा हुन्छ । त्योचाहि राज्यको पोलिसीमा पनि भर पर्छ । अव हामी अहिलेचाहि राज्यले परिभाषित गरेकै करहरु जति छन्, ती करहरुको कर तिर्नुपर्ने सेक्टर भनेर करदाताहरुसँग जसले व्यवसाय गरिरहुन भएको छ । उद्योग, रोजगारी गरिरहनु भएको छ, उहाँसँग पुग्नेछौ ।
कतिपय करमा दर्ता हुन नआएका करदाताहरुलाई करमा दर्ता हुनका लागि उत्प्रेरित गर्नेछौ । स्वेच्छिक करमा सहभागिता गराउनका लागि उहाँहरुलाई अभिप्रेरित गर्नेछौ । अहिले तत्काल हामीले गर्ने कार्यक्रमहरु यहि नै हो । अरु कार्यक्रमहरु विस्तारै राज्यले पनि सहयोग गर्ला, बनाउला । हामीले त्यसको कार्यान्वयन गर्ने काममा कर प्रशासनले राज्यको नीति कार्यान्वयन गर्ने सन्दर्भमा तदारुकताका साथ हामी अगाडि बढ्नेछौ । यसरी नै करको दायरा विस्तार हुन्छ जस्तो लाग्छ हामीलाई ।
तपार्ईहरुले बुधबारदेखि एक हप्ता कर सप्ताह मनाउदै हुनुहुन्छ । यो अवधिमा के के गर्ने योजनामा हुनुहुन्छ ?
दशांै राष्ट्रिय कर सप्ताह हामीले गोरखाको आन्तरिक करदाता सेवा कार्यालय गोरखाले बुधबारबाट सेवा शुभारम्भ ग¥यो । सिडियोसापले पानसमा बत्ती बालेर व्यानरको अनावरण गर्नुभयो । हामीले उत्कृष्ट कर दाता छनौट गरेर पुरस्कृत पनि ग¥यौ । अव हामीले अन्तरक्रिया कार्यक्रम र करदाता शिक्षा कार्यक्रम ¥याली, माइकिङ गर्ने, करदाताहरुले प्रचारप्रसार गर्ने, लगायतका कार्यक्रमहरु यो हप्ताभरि संचालन गर्छौं । त्यसमा उद्योगी व्यवसायी लगायतका पत्रकार मित्रहरुको सहयोग र सदभावको हामीले अपेक्षा गरेका छौं ।




