| सोमवार, कार्तिक २३, २०८३

सांसद दवाडीद्वारा आमा समुहलाई ४५ हजार बराबरको भाँडाकुँडा सहयोग


गोरखा क्षेत्र नम्बर २ ‘ख’ का सांसद प्रकाशचन्द्र दवाडीले अजिरकोट गाउँपालिका ३ कोलकाटेको सहनशील आमा समुहलाई भाँडाकुँडा सहयोग गरेका छन् ।

समूहको मागअनुसार गाउँमा भोज भतेर हुँदा ठुला भाँडाकुँडा आवश्यक परेको ४५ हजार रुपैयाँ बराबरको भाँडाकुँडा उनले सहयोग गरेका हुन् ।


वितरण गरिएका भाँडाकुँडामा पकाउने भाँडा, थाल, कचौरा, चम्चा लगायतका छन् ।


सोही क्रममा सहनशील आमा समुहको नब निर्मित भबनको पनि उद्घाटन गरिएको छ ।

समुहका अध्यक्ष सुनिता गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सांसद प्रकाशचन्द्र दवाडी, विषेश अतिथि कांग्रेस महाधिवेशन प्रतिनिधि सुवास अधिकारी, नेपाली कांग्रेसको प्रदेश २ ‘ख’ का उप–सभापति कृष्णकुमार श्रेष्ठ, बलबहादुर धिताल, गाउँपालिका सभापति जंगबहादुर गुरुङ लगायतले मन्तब्य राखेका थिए ।

उद्घाटन गरिएको उक्त भबन गाउँपालिकाकाले लगानीमा निर्माण भएको हो ।

प्रतिक्रिया दिनुहोस्