
गोरखामा नेपाली सेनाको ट्रक दुर्घटना
नेपाली सेनाको ट्रक दुर्घटनामा परेको छ । अजिरकोट गाउँपालिकाको भच्चेकमा तालिमा प्रयोग हुने सामग्री पु¥याएर फर्कने क्रममा ट्रक दुर्घटना भएको नेपाली सेनाका मेजर प्रकाश परियारले बताए । लु १ ग १३९ नम्बरको ट्रक सिरानचोक गाउँपालिका ५ भालुमारा भन्ने ठाउँमा सडकबाट करिब ३० मिटर तल खसेको छ ।
ट्रकमा चालक र एक जना कमाण्डर रहेको उनले बताए । दुबै जनाको अवस्था भने सामान्य रहेको र ट्रकमा धेरै क्षती भएको छ । ब्रेक फेल भएर दुर्घटन भएको उनले बताए ।
सडकबाट खसेको ट्रक निकाल्ने प्रयास भईरहेको छ ।




