| सोमवार, कार्तिक २३, २०८३

प्रधान न्यायाधीशको राजिनामा माग्दै गोरखामा पनि प्रर्दशन

प्रधान न्यायाधीशको राजिनामाको माग गर्दै गोरखाका कानुन ब्यवशायी पनि आन्दोलित भएका छन् । नेपाल बार यशोसियसन गोरखाको आयोजनामा जिल्ला अदालत अगाडी कानुन ब्यवशायीले हातमा कालोपट्टी बाँधेर एक घण्टा धर्ना दिएका हुन ।

न्यायपालिकाको बिकृती, बिसंगती, भष्ट्राचार बिरुद्धको अभियान अन्र्तगत देशब्यापी कार्यक्रम गरिएको र सोही क्रममा गोरखा जिल्ला अदालत अगाडी एक घण्टा धर्ना दिइएको बार यशोसियसन गोरखाका अध्यक्ष यादब शर्माले बताए । ‘दिनभरी कालोपट्टी बाँधेर जनताको काम गर्नेछौँ’ शर्माले भने ‘सोमवारदेखि केन्द्रले नयाँ कार्यक्रम पठाउन सक्छ ।’

पछिल्लो समय न्यायलय भित्रको बिवाद सतहमा छरपष्ट हुँदा त्यसको गरिमामा आँच आएको भन्दै वार यशोसियसनले बिकृती र बिसंगती बिरुद्ध चरणबन्द आन्दोलन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्