| सोमवार, कार्तिक २३, २०८३

गाउँगाउँ पुगेर जनता भेट्दै बाबुराम

पूर्व प्रधानमन्त्री एवं जनता समावजादी पार्टीका संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराई यतिबेला गोरखाको गाउँगाउँमा पुगेका छन् । गत सोमवार गण्डकी गाउँपालिकाको घ्याल्चोकबाट जनता भेटघाटमा लागेका भट्टराई गण्डकी, शहीदलखन, भिमसेन थापा, आरुघाट, धार्चे गाउँपालिकाको बिभिन्न ठाउँमा आयोजित कार्यक्रममा सहभागी भए ।

जनता समाजवादी पार्टी गोरखाले संगठन सुदृढिकरण तथा जनभेटघाट (सुज) नाम दिएर आयोजना गरेको अभियानका क्रममा भट्टराई गृहजिल्लाको गाउँ दौडाहमा छन् । उनको यो दौडाहा अझै एक साता चल्नेछ । टोलटोलमा पुगेर उनले नेता कार्यकर्ता भेटघाट गरिरहेका छन् । पहिलो संविधानसभा चुनावमा देशैभरिमध्ये गोरखाबाट अत्यधिक मतले डा बाबुराम भट्टराईले जिते । जुन चुनावले बाबुरामले गोरखा र गोरखाले बाबुराम दुबैलाई चिनाउने मौका दियो । समयकाल खण्ड अनुसार उनै भट्टराईले माओवादी छोडे । नयाँ शक्ति बनाउने अभियान थाले ।

भट्टराई अहिले नयाँ शक्ति हुँदै जनता समाजवादी पार्टीमा छन् । पार्टी त्याग र ूुवीकरणसँगै बाबुराम गोरखामा कमजोर भए भन्ने धेरैको आँकलन थियो । सुज अभियान लिएर जनताको घर–घरमा पुगेका बाबुरामलाई जनताले दिएको माया, साथ र विश्वासले भट्टराई खुसी देखिन्छन् । जनतासँग जोडिएको सम्बन्ध र जीवनशैलीले बाबुरामलाई गोर्खालीले अभिभावक र देशको अभिभावकको रुपमा पनि हेरेका छन् ।
महिनामा कम्तीमा एकपटक गृहजिल्ला गोरखा आउने र जनताका घरमा बसोबास गर्दै थिए । अहिले उनी चुनावकै बेलाजस्तै गरी जनताका घरदैलोमा पुगेका छन् । मंसिर ३ गतेसम्म गोरखाका क्षेत्र नम्बर १ र २ का विभिन्न बस्ती पुग्ने र जनताका कुरा सुन्ने तथा कार्यक्रमहरूमा सहभागी हुने जनता समाजवादी पार्टी गोरखामका अध्यक्ष यानप्रसाद भट्टले बताए ।

भट्टराई सडक नपुगेका क्षेत्रमा लौरी टेकेरै पुगेका छन् । जसपाको संगठन सुदृढीकरण तथा गोरखाका जनतासँग कुराकानी गर्न भन्दै उनी गाउँगाउँ पुगेका हुन् । भट्टराईले गाउँमा जसपाका नेता तथा कार्यकर्ता मात्र होइन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेका स्थानीय नेता तथा कार्यकर्तासँग पनि कुराकानी गरिरहेका छन् । भट्टराईको साथमा जसपा नेता हिसिया यमी र गण्डकी प्रदेशका मन्त्री हरिशरण आचार्य, गोरखा जसपा अध्यक्ष यानप्रसाद भट्ट, पालिका संयोजकहरु लगायत सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्