| सोमवार, कार्तिक २३, २०८३

गोरखामा फेसबुक ह्याकरद्वारा रकम ठगीको बिगबिगी

पहिले हात हतियारधारी डाँकाहरु गौँडो र अक्करमा बस्थे, धनमाल बोकेर आउनेमाथि सांघातिक आक्रमण गर्थे, लुटपाट मच्चाउँथे । जनधन दुवैको क्षति हुन्थ्यो । गौँडो बथानेर लुटपाट मच्चाउने घटना धन्नैधन्नै लोप भएको धेरै भयो ।

बदलिँदो समयमा लुटपाटले पनि भेष बदलेर देखा पर्न थालेको छ । अहिले इन्टरनेट, सामाजिक सञ्जालको माध्यमबाट ठगी धन्दा मौलाउदै गएको छ । सुरक्षित गरिएको धनमाल वैँक एकाउण्ट, फेसबुक एकाउण्ट, एटिएम नंबर ‘ह्याक’ गरेर लुटपाट मच्चाउने क्रम बढ्न थालेको हो ।

केही दिनयता ह्याकरले गोरखामा धेरैको एकाउण्ट ह्याक गरी पैसा लुट्ने गरेको भेटिएको हो । नेपाल तरुण दल गोरखाका अध्यक्ष आनन्द गुरुङ(काजी) को फेसबुक ह्याक गरी रकम चोरी गरेको पाएको हो । मंगलबार राती गुरुङको फेसबुक एकाउण्ट ह्याक गरी म्यासेन्जरबाट उनका साथीहरुसँग रकम मागेका थिए ।

‘हिजो बेलुका एक जना राजु श्रेष्ठ नाम गरेको फेसबुकबाट फ्रेन्ड रिक्वेस्ट आएको थियो । अनि मैले एसेप्ट गरिहालेँ’, गुरुङले भने, ‘पछि म्यासेजरमा कोड नम्बर आयो । त्यो कोड राजु नाम गरेको फेसबुकले माग्यो अनि मैले पठाइदिएँ । पछि फेसबुक ह्याक भएछ ।’ आफ्नो फेसबुक ह्याक गरी ह्याकरले म्यासेन्जरमा साथीहरुलाई पैसा मागेको भेटिएको उनले बताए ।

‘फेसबुक ह्याक गरेर मेरो म्यासेन्जरमा भएका धेरै साथीहरुलाई इ–सेवामा पैसा पठाइदिनु प¥यो भनेर म्यासेस गरेको रहेछ । धेरै साथीहरुले पैसा पठाइदिनु पनि भएछ,’ उनले भने । बुधबार विहानसम्म इ–सेवा आइडीबाट ४७ हजार टूान्जेक्सन भएको पाइएको गुरुङले बताए । विवस केसीको नाममा रहेको इसेवा आइटी ह्याक गरेर पैसा ठगी भइरहेको उनले जानकारी दिए । आफ्नो फेसबुक ह्याक गरी पैसा ठगी भएको बारेमा जिल्ला प्रहरी कार्यालय गोरखामा जानकारी गराउने गुरुङले बताए ।

गोरखामा हालसम्म फेसबुक ह्याक गरी ठगी गरेको कुनै निवेदन नआएको डिएसपी प्रकाश दाहालले जानकारी दिए । उनले भने, ‘फेसबुक ह्याक भएको अहिलेसम्म कुनै निवेदन परेको छैन । निवेदन परेमा हामी कारवाही प्रव्रिmया अगाडि बढाउछौँ ।’

सामाजिक सञ्जाल दुरुपयोग सम्बन्धी निवेदन परेमा विद्युतीय कारोबार ऐन २०६३ अनुसार कारवाही हुने समेत उनले बताए । तर फेसबुक, इ–सेवा लगायतका सामाजिक सञ्जाल ह्याक सम्बन्धी उजुरी परेमा कार्यालयको स्रोतसाधनले नधान्ने बताउदै सम्बन्धित व्यक्तिको कोट नम्बर, आइडीहरु साइबार व्युरोमा पठाउने गरेको उनले जानकारी दिए ।

त्यस्तै, नेपाली काग्रेस गोरखा नगरपालिका वडा १० का वडा सभापति प्रदीप कुँवर, दुर्गा बञ्जाडेलगायत धेरैले आफ्नो फेसबुक आइडी ह्याक गरी ह्याकरले पैसा मागेको पाएको सामाजिक सञ्जालमा लेखेका
छन् ।

प्रतिक्रिया दिनुहोस्