
गुप्सीपाखाको कल्चरल होमस्टेलाई १५ थान पानी तताउने मेसिन प्रदान
सहयोगी हातहरुको समूह(सहास नेपाल)ले गुप्सीपाखामा सञ्चालित होमस्टेका लागि पानी तताउने मेसिन प्रदान गरिएको छ ।
लुथरन वल्र्ड फेडेरेशनको आर्थिक सहयोग, आशा फाउण्डेशनको व्यवस्थापन तथा सहास नेपालको संयोजनमा १५ वटा होमस्टेका सञ्चालकहरुलाई सो उपकरण प्रदान गरिएको हो ।
सहास कार्यक्रमकी मुना घिमिरेले मंगलबार गुप्सीपाखामा आयोजित कार्यक्रममा धार्चे ४ का वडाअध्यक्ष राज गुरुङलाई हस्तान्तरण गरेकी हुन् । वडाअध्यक्ष गुरुङले सोही अवसरमा स्थानीय होमस्टेका सञ्चालकहरुलाई सो उपकरण प्रदान गरेका थिए ।
सो उपकरण पाउनेहरुमा दलवीर गुरुङ, रुपा गुरुङ, कोपिला गुरुङ, माया गुरुङ, हस्तबहादुर गुरुङ, सुनमाया गुरुङ रहेका छन् । त्यस्तै निशान गुरुङ, पुर्णिमा गुरुङ, स्नेहा गुरुङ, हिमाया गुरुङ, शिरमाया गुरुङ, पस्विना गुरुङ, आशामाया गुरुङ, सोतली गुरुङ र सुकबहादुर गुरुङलाई सो उपकरण हस्तान्तरण गरिएको वडाअध्यक्ष राज गुरुङले जानकारी दिए ।





