
लियो जिल्ला परिषद शुक्रवारदेखि गोरखामा सुरु
लियो क्लव अफ गोरखाको आथित्यतामा लियो जिल्ला परिषद ३२५ बि वान नेपालको पहिलो परिषद बैठक एवं पुरस्कार बितरण समारोह शुक्रवारदेखि गोरखामा सुरु भएको छ ।
परिषदमा सहभागी हुन काठमाण्डौँ, धादीङ, नुवाकोट, पोखरा लगायत बिभिन्न जिल्लाका क्लवका सदस्यहरु गोरखा आएका छन् ।
सोही अवसरमा वर्ष २०२०/२१ मा संचालन भएको गतिविधिको पुरस्कार बितरण पनि गरिएको छ । लियो क्लव अफ ३२५ बि १ का वर्ष २०२१ का अध्यक्ष आदर्शमोहन भट्टराईको अध्यक्षता र नगरप्रमुख राजनराज पन्तको प्रमुख आथित्यतामा भएको कार्यक्रममा लियो र लायन्स क्लवका बिभिन्न क्लवका पदाधिकारी, सदस्यहरुको उपस्थिती रहेको थियो । बैठक शनिवार पनि चल्नेछ । कार्यक्रममा लायन्स क्लव इन्टरनेशनल मल्टिपल काउन्सिल चियर पर्सन मनबहादुर रोकाको बिशेष उपस्थिती रहेको थियो ।




