| सोमवार, कार्तिक २३, २०८३

चिनियाँ कम्पनी सिसिएसद्वारा न्याक, बिही र छेकम्पारको टावर निर्माणको काम अलपत्र

चुमनुब्री गाउँपालिका ३ न्याक, वडा नं. ५ बिही र वडा नं. ७ छेकम्पारमा निर्माण कार्य सुरु गरिएको मोबाइल टावर लामो समयदेखि अलपत्र रहेको छ ।


चाइना कम सर्भिसेजले निर्माण आरम्भ गरेको तीनै ठाउँको फोरजी टावरको काम बिगत लामो समयदेखि अलपत्र रहेको हो ।
तीनै ठाउँमा गतबर्षको मंसीरदेखि टावर निर्माणको काम सुरु भए पनि अहिलेसम्म निर्माण सम्पन्न नभएको हो ।

सुरु गरेर छाडिएको काम लामो समयसम्म अगाडि नबढ्दा स्थानीयबासी चिन्तित भएका छन् । ‘२०७२ मा न्याकमा थ्रीजी टावर बनाउन भनेर एउटा घर बनाएको थियो ।

काम सुरु गरिएको पाँच बर्षपछि गत मंसीरमा टावर बनाउन सुरु भयो’, न्याकका गुरुङले भने, ‘एकबर्षअघि टावर त बन्यो त अहिलेसम्म सेवा सुरु गरेको छैन ।’ टावर ठडिए पनि उपकरणहरु नजोड्दा सेवा सुरु हुन नसकेको उनले बताए ।

कम्पनीले लामो समयसम्म काम अलपत्र पार्दा स्थानीयबासीले सेवा लिन नपाएको चुमनुब्री ३ जगतका बलबहादुर गुरुङ बताउँछन् । ‘हामी स्थानीयबासीले दबाब दिँदादिँदा हैरान भयौँ’, उनले भने, ‘फोनमा कुरा गर्दा अब छिट्टै बन्छ भन्छन् । तर यसै भनी भनी यत्तिका भैसक्यो ।’ निर्माण कम्पनी सिसिएसले भने फेरि काम यथासीघ्र हुने जनाएको छ ।

निर्धारित समय समाप्त हुन लागेकाले कात्तिकभित्रै काम सक्ने सिसिएकका अमृत पँगेनीले जानकारी दिए । देशभरको चार सय ७७ वटा टावर बनाउने जिम्मा पाएको सो कम्पनीले गोरखाको तीन सहित ४० वटा टावर बनाउन अझै बाँकी छ ।

न्याकको टावर चलेपछि साविक सिर्दिबास गाविसका सबै ठाउँमा नमस्ते मोबाइलको फोरजीसहितको सेवा सञ्चालन हुनेछ । छेकम्पारको टावरबाट साविक छेकम्पारको सबै ठाउँमा फोरजीसहितको मोबाइल सेवा सुचार हुनेछ । यसअघि ती ठाउँहरुमा

प्रतिक्रिया दिनुहोस्