| मङ्लबार, कार्तिक २४, २०८३

गोरखा नगरपालिकाले दियो किसानलाई गाई

गोरखा नगरपालिकाले किसानलाई उन्नत जातका गाई दिएको छ ।

आर्थिक वर्ष २०७८/७९ को कार्यक्रम अन्तरगत उप प्रमुख सबल नेतृत्व विकास कार्यक्रम मार्पत गोरखा नगरपालिका वडा नम्बर १४ का किसानलाई ११ वटा उन्नत जातका गाई दिएको उपप्रमुख बिनाकुमारी श्रेष्ठले बताईन ।


चालु आर्थिक बर्षको सो कार्यक्रम अन्तरगत बिनियोजित ५ लाख रुपैया रकमबाट भट्ट वेशी कृषि तथा पशु पंक्षी पालन महिला समूहलाई ११ वटा गाई हस्तान्तरण गरिएको हो ।

सो गाई गोरखा नगरपालिकाका उपप्रमुख विन कुमारी श्रेष्ठले एक कार्यक्रमका बिच समुहका अध्यक्ष मथुरा शाहलाई गरेकी हुन ।

स्थानीय महिलालाई ब्यवसायीक रुपमा पशुपालन लगायत कृषि पेशामा आकर्षित गर्न नगरपालिकाले सो कार्यक्रम ल्याएको उपप्रमुख श्रेष्ठले बताइन् । बिशेष गरेर महिलाहरुको आयस्रोतमा बृद्धि गर्दै सामुहिक कृषि पेशामा आवद्ध गराउन समुहलाई गाई अनुदान दिइएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्