
गोरखा उद्योग बाणिज्य संघको अधिवेशन पुस १० र ११ गते हुने
गोरखा उद्योग बाणिज्य संघको १६ औँ अधिवेशन तथा ४६ औँ साधारण सभा आउँदो पुस १० र ११ गते हुने भएको छ । संघको शनिवार बसेको बैठकले अधिवेशन गर्ने निर्णय गरेको अध्यक्ष जिबनज्योती श्रेष्ठले बताए ।
गत चैत २१ र २२ गते कोरोना संक्रमण बढेकाले अधिवेशन स्थगित गरिएको थियो । अधिवेशनमा संघको जिल्ला समितिमा आवद्ध साधारण सदस्यहरु र पालिका स्तरीय इकाईका कार्यसमिति गरी करिब एक हजार जना सहभागी हुनेछन् ।
संघको कार्यालय छहरेमा अधिशेनमा हुनेछ ।
अध्यक्ष, उपाध्यक्ष सहित सात जना पदाधिकारी र खुल्ला तर्फ सात जना सदस्य अधिवेशनबाट चयन हुनेछन् ।




