| सोमवार, कार्तिक २३, २०८३

तनहुँमा तास खेलिरहेका सात जना पक्राउ

तनहुँमा तास खेल्दै गरेका सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ब्यास नगरपालिका १ मोहरियाटार स्थित काशीराम पन्थको घरमा तास खेल्दै गरेका हरिबहादुर पन्थ, सुरज पन्थ, बिनोद पन्थ, उमानन्द तिवारी, तिलबहादुर गुरुङ, प्रमनध्वज थापा मगरलाई प्रहरीले पक्राउ गरेको हो ।


जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमिल्सिनाका अनुसार धरधनीलाई पनि पक्राउ गरिएको छ । जुवा खेल्दै गरेकाहरुबाट ४७ हजार सात सय ८० रुपैयाँ बरामद गरिएको छ । पक्राउ परेकाहरुलाई जुवा संम्बन्धि कसुरमा मुद्धा दर्ता गरि कारवाही प्रक्रिया अघि बढाइएको उनले बताए ।


पछिल्लो समय तनहुँका बिभिन्न ठाउँमा जुवातास खेल्ने गरेको सुचना आएसँगै प्रहरीले सक्रियता बढाएको डिएसपी तिमिल्सिनाले बताए ।

प्रतिक्रिया दिनुहोस्