
कांग्रेस गोरखाको उपसभापतिमा थापा र बस्नेत, सचिवमा आले र थापा र सहसचिवमा लामिछाने र अधिकारी निर्वाचित
नेपाली कांग्रेस गोरखाको उपसभापतिमा धिरन थापा र इमानसिँह बस्नेत निर्वाचित भएका छन् ।
त्यस्तै सचिवमा कृष्णबहादुर आले र किशोरजंग थापा निर्वाचित भएका छन् । सहसचिवमा लुमनाथ लामिछाने र गगन अधिकारी निर्वाचित भएका छन् ।
उपसभापतिमा निर्वाचित थापाले १०३६ मत प्राप्त गरेका थिए । अर्का उपसभापति बस्नेतले ५६३ मत प्राप्त गरेका थिए ।
त्यस्तै सचिवमा निर्वाचित आलेले ६९९ र थापाले ६७३ मत प्राप्त गरेका थिए ।
सहसचिवमा निर्वाचित लामिछाने ६९७ मत र अधिकारी ३९३ मत प्राप्त गरेर विजयी भएका हुन् ।
क्षेत्र नं. १ का १०४३ र क्षेत्र नं. २ का ७०२ गरी १,७४५ जना मतदाता रहेकामा १५१९ जनाले मतदान गरेका थिए ।







