| सोमवार, कार्तिक २३, २०८३

एकहजार मत गन्दासम्म उपसभापति र सचिवमा थापाहरुको अग्रता कायमै


नेपाली कांग्रेस गोरखाको जारी १४ औँ अधिवेशनको मतगणना जारी छ । निर्वाचन समितिका अनुसार उपसभापतिमा धिरन थापा र सचिवमा किशोरजंग थापाले निरन्तर लिएको अग्रता कायमै छ ।

अहिले १२ : ३० बजेसम्मको अपडेट अनुसार धिरन थापाले सर्वाधिक ६७० मत प्राप्त गरेका छन् । सिपी पोखरेलले ३६१, इमानसिँह बस्न्यातले ३४८, रविकला खनालले ३४४ र हरि गान्धारीले २२ मत प्राप्त गरेका छन् ।


त्यस्तै सचिव पदका लागि भएको मतगणनामा किशोरजंग थापाले सर्वाधिक ४५४ मत प्राप्त गरेका छन् । कृष्णबहादुर आलेले ४३२, ओमबहादुर गुरुङले ३२६, तारानाथ पुडासैनीले २४६ र राम भण्डारीले २२९ मत प्राप्त गरेका छन् ।


त्यस्तै सहसचिवमा भएको मतगणनामा लुमनाथ लामिछानेले सर्वाधिक ४६५ मत प्राप्त गरेका छन् । गगन अधिकारीले २२४, मानप्रसाद धितालले २२२, दीपक हमालले १८३, कमल अम्गाईले १६९, भेजराज पाण्डेले १६१, विश्व भट्टले १९९ र रामशरण आचार्यले ९२ मत प्राप्त गरेका छन् ।
अब ५१८ मत गणनाको नतिजा आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्