| सोमवार, कार्तिक २३, २०८३

नबज्योती माविका संस्थापक शर्माद्धारा विद्यालयमा अक्षयकोष स्थापना

गोरखा नगरपालिका वडा नम्बर ७ स्थित नबज्योती माध्यामिक विद्यालयका संस्थापक खडानन्द शर्माले विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । विसं २०३१ सालमा आफुले स्थापना गरेको विद्यालयका विद्यार्थीलाई छात्रवृत्ती दिने गरी उनले अक्षयकोष स्थापना गरेका हुन् ।


शुक्रवार जेष्ठ नागरिक दिबसको अवसर पारेर उनले दुई लाख ५१ हजार एक सय ११ रुपैयाँको अक्षयकोष स्थापन गरेका छन् । उक्त अक्षयकोषमा पाँच लाख रुपैयाँ पु¥याउने शर्माले बताए ।


आफु वृद्ध अवस्थामा रहेको, गत वर्ष श्रीमती दिबंगत भएकोले उनको सम्झना र सम्मानमा उक्त अक्षयकोष स्थापना गरेको शर्माले बताए ।
‘खडानन्द खिनकुमारी स्मृती छात्रवृत्ती कोष’ बाट विद्यालयले हरेक वर्ष पठनपाठनमा सहयोग गर्ने गरी गरिब, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ती बितरण गर्ने जनाएको छ ।

गोरखा नगरपालिका वडा नम्बर ७ मा रहेको उक्त विद्यालयमा आर्थिक अबस्था कमजोर भएका परिवारका विद्यार्थी धेरै पढ्ने गर्छन ।

प्रतिक्रिया दिनुहोस्