| सोमवार, कार्तिक २३, २०८३

नेपाली काङ्ग्रेस गोरखाको आठ वटा पालिकाको नेतृत्व चयन


चौधौँ महाधिवेशनको तयारी गरिरहेको नेपाली काङ्ग्रेसले गोरखाका सबै नगर तथा गाउँपालिकामा अधिवेशन सम्पन्न गरेको छ । शनिबार एकैचोटि सम्पन्न अधिवेशनले नगर तथा गाउँ कार्यसमितिको नेतृत्व चयन गरेको छ ।


अधिवेशनले छ वटा पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको हो भने पाँचवटा पालिकामा मतदान प्रक्रियाद्वारा नेतृत्व चयन गरेको हो ।
पार्टी स्रोतबाट प्राप्त जानकारी अनुसार चुमनुब्री गाउँपालिका कार्यसमितिको सभापतिमा सूर्य गुरुङ सर्वसम्मत चयन भएका छन् । उपाध्यक्षहरुमा वीरबहादुर लामा(सामा) र कल्यान छेवाङ लामा(बिही) सर्वसम्मत भएका छन् । सचिवमा सोनाम धार्के लामा(छेकम) र सोनाम लामा(चुम्चेत) चयन भएका सभापति गुरुङले जानकारी दिए ।


धार्चे गाउँपालिका कार्यसमिति सभापतिमा सन्तोष गुरुङ सर्वसम्मत चयन भएका छन् । उपसभापतिमा दीपक गुरुङ र आशबहादुर घले सर्वसम्मत चयन भएका छन् । सचिवमा वुद्धिराज गुरुङ र सागर गुरुङ सर्वसम्मत चयन भएका सभापति गुरुङले जानकारी दिए ।
आरुघाट गाउँपालिकाको सभापतिमा राजु गुरुङ सर्वसम्मत चयन भएका छन् । उपसभापतिहरुमा कृष्णप्रसाद श्रेष्ठ र यमबहादुर कार्की सर्वसम्मत भएका छन् । सचिवमा विशाल गुरुङ र एकदत्त खनाल चयन भएका पार्टीका जिल्ला सचिव पूर्ण दाहालले जानकारी दिए ।


शहीदलखन गाउँपालिकाको सभापतिमा काशीनाथ अम्गाई सर्वसम्मत चयन भएका छन् । उपसभापतिहरुमा ध्रुव पोखरेल र टेकबहादुर गुरुङ र सचिवहरुमा चेतबहादुर थापा. र बासु रेग्मी सर्वसम्मत चयन भएका छन् ।


अजिरकोट गाउँपालिकाको सभापतिमा जंगबहादुर गुरुङ सर्वसम्मत चयन भएका छन् । सचिवहरुमा चीरञ्जिवी धिताल र कृष्ण घले सर्वसम्मत चयन भएका छन् । उपसभापति, सहसचिव र कोषाध्यक्ष भने आइतबार चयन गर्ने गरी स्थगित गरिएको सभापति गुरुङले जानकारी दिए ।


गण्डकी गाउँपालिकाको सभापतिमा होमबहादुर राना सर्वसम्मत चयन भएका छन् । सचिवहरुमा कृष्ण सापकोटा र नवराज श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।


बारपाक सुलीकोट गाउँपालिकाको प्रमुखमा जीतबहादुर घले निर्वाचित भएका छन् । कूल सदर मतमध्य ८९ मत प्राप्त गरी घले विजयी भएका हुन् । उनका निकटत्तम प्रतिद्वन्द्वी केशरी ढकालले ४१ मत प्राप्त गरेका थिए । त्यस्तै उपसभापतिहरुमा दलबहादुर तामाङ र सुकबहादुर गुरुङ निर्वाचित भएका छन् । सचिवमा नरहरि वाग्ले र धर्म भट्ट निर्वाचित भएका छन् ।


त्यस्तै भीमसेनथापा गाउँपालिकाको गाउँ कार्यसमितिको सभापतिमा नारायण भट्टराई निर्वाचित भएका छन् । कूल सदर मतमध्य १०९ मत प्राप्त गरी भट्टराई विजयी भएका हुन् । निकटत्तम प्रतिद्वन्द्वी विदेश नराल(लक्ष्मण)ले ५२ मत प्राप्त गरेका थिए । गाउँ कार्यसमितिको उपसभापतिहरुमा नवराज अधिकारी(१०९) र कृष्ण ढकाल(१०४) विजयी भएका छन् । सचिवहरुमा टलक गुरुङ(११४) र जीवनाथ पुडासैनी(९२) निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्