
बारपाक सुलीकोटको कांग्रेस सभापतिमा जीत घले विजयी
नेपाली काङ्ग्रेस, बारपाक सुलीकोट गाउँ कार्यसमितिको सभापतिमा जीतबहादुर घले विजयी भएका छन् । शनिबार सम्पन्न अधिवेशनमा मतदान प्रक्रियाबाट घले विजयी भएका हुन् ।
कूल १३० सदर रहेकोमध्य घलेले ८९ मत प्राप्त गरेका थिए । उनका निकटत्तम प्रतिद्वन्द्वी केशरी ढकालले ४१ मत प्राप्त गरेका थिए ।




