
गोरखाका नयाँ सिडिओ आचार्य भन्छन् ‘प्रभाब र दबाबमा काम गर्दिन’
गोरखामा नयाँ आएका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले आफु दबाब र प्रभाबमा नपर्ने बताएका छन् । बुधवार पत्रकारहरुसँग भेटघाटका क्रममा उनले कानुन अनुसार काम गर्ने बताउँदै भने ‘रबाफ, प्रभाब र दबाबमा म कुनै काम गर्दिन ।’
सुचना प्रबाहलाई सत्य, तथ्य र ब्यवस्थित बनाउन कार्यालय प्रमुखहरु, सुचना अधिकारीहरुलाई निर्देशन दिने, प्रत्यक्ष जनतासँग जोडिएको मालपोत, नापी, प्रशासनको सेवालाई चुस्त, दुरुस्त बनाउन पहल गर्ने उनले बताए । जिल्ला भित्र शान्ति सुरक्षा कायम गर्दै चोरी निकासी नियन्त्रणमा ध्यान दिने प्रजिअ आचार्यले बताए ।
बिकास निर्माण सँगै जिल्लाका अन्य सबालमा स्थानीय सरकार, प्रदेश र संघिय सरकार बिच समन्वयको भुमिका निर्बाह गर्ने उनले बताए । तिब्बत सँग सिमाना जोडिएको उत्तरी गोरखामा बोर्डर आउट पोष्ट (बिओपी) स्थापनाका लागि प्रयत्न गर्ने, उत्तरी गोरखाको समस्यामा ध्यान दिने उनले बताए ।
‘बिपद्को बिषयमा म शंवेदनशिल छु’ पत्रकारहरु सँग कुराकानीका क्रममा उनले भने ‘दुर्गममा हेलिकप्टरबाट उपचार सेवा दिने विषयमा तत्काल सेवा दिन मेरो प्रयत्न रहन्छ ।’




