
दशै तिहारको चामलमा छुट दिँदै खाद्य कार्यालय गोरखा
दशैँ तिहारको अवसर पारेर खाद्या ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड गोरखाले सहुलियतमा चामल बिक्री सुरु गरेको छ । असोज १ गतेदेखि कात्तिक २४ गते सम्मका लागि छुटमा चामल बिक्री गरिने लिमिटेडका गोरखा शाखा प्रमुख नबिन बस्नेतले बताए ।
५१ रुपैयाँ ३० पैसा पर्ने सोना मन्सुली चामल ४६ रुपैयाँ ३० पैसा प्रतिकिलोमा दिईने छ भने ४७ रुपैयाँ प्रतिकेजी पर्ने मकवानपुर चामल ४२ मा बिक्री गरिनेछ । ३० केजीको एक बोरा चामल सोना मन्सुली १३ सय ८९ र मकवानपुर प्रतिबोरा १२ सय ६०मा बिक्री हुने लिमिटेडका शाखा प्रमुख बस्नेतले बताए ।
यी बाहेकका अन्य चामल नभएकाले बिक्री गर्न नसकिएको कार्यालयले जनाएको छ । यस अघि कोरोनाको प्रभाव बढेका बेला पनि संस्थाले सहुलियतमा छ प्रकारको चामल छुटमा बिक्री गरेको थियो ।
गोरखा सदरमुकाममा रहेको संस्थानको कार्यालय, माछाखोला र सिर्दिबासमा रहेको डिपोबाट पनि सहुलियतको चामल बिक्री हुने लिमिटेडका शाखा प्रमुख बस्नेतले बताए ।
चाडबाड लक्षित गरेर सरकारले देशभर सुपथ मुल्य पसल र सहुलियतको खाद्यान्न बितरण सुरु गरेको छ ।




